काठमाण्डौं – राष्ट्रियसभा बैठकमा आज पनि नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक आज शुक्रवार पनि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेको एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रचण्डको राजीनामा माग्दै एमालेका सांसदहरूले आज तेस्रो दिन पनी बैठक स्थगित गरेका हुन् । नेकपा एमालेका सांसदहरूको अवरोधपछि राष्ट्रियसभा बैठक आज शुक्रवार पनि स्थगित भएको छ । योसँगै राष्ट्रियसभा बैठक लगातार तेस्रो दिन स्थगित भएको छ । एमालेको अवरोधका कारण बुधवार र बिहीवारको बैठक पनि स्थगित भएको थियो ।
यसैगरी बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका थिय । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको जिकिर गरे । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार पनी संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।
यस्तैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को अभिव्यक्तिलाई सत्तारुढ दलका सांसदले समेत विरोध गरेका छन् । नेकपा एमालेसहितका विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गरिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नै गल्ती भएको बताएका छन् । उनले प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन् । ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो । प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ ।’ सत्तारूढले नै प्रश्न गरेको बताउँदै उनले प्रतिपक्षको त मुल कर्तव्य भएको बताएका छन् ।
कांग्रेसका सांसद उदयशम्शेर राणाले पनि अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन्। राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राप्रपा र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राख्दै आएका छन् ।
के भनेका थिए प्रधानमन्त्रीले ?
गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । उनले भनेका थिए, ‘म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिरया, सहकार्य हुने ग¥यो । र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्यो ।’
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ ।
एमाले सांसदहरूको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक पर्सि आइतवार दिउँसो ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।
0 comment