काठमाडौं – इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी स्वम्ले पनी आत्महत्या गरेका छन् । 

इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले दएको जानकारी अनुसार, माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी स्वम्ले पनी आत्महत्या गरेका हुन । 

गएराति करिब साढे १० बजेतिर बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घिमिरेले जानकारी दिएका छन् । 

राधिका पिताम्बरकी जेठी श्रीमती हुन् उनको गालामा गहिरो चोटका कारण घटनास्थलमै ज्यान गएको र यसैगरी राधिका श्रीमान् पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेको एसपी घिमिरेले जानकारी दिएका छन् ।

प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।