काठमाडौं – आँखाको  रेटिना  अर्थात्  आकृति बन्ने पर्दामा दुई किसिमका कोषहरु  हुन्छन्ः– रड र कोन  । यी   दुवै  कोषहरुमा प्रकाशका किरणहरु पर्दा प्रतिक्रिया देखाउने स साना कणहरु हुन्छन् । प्रकाशले गर्दा यी कणहरुमा दोहोरो किसिमको रासायनिक प्रतिक्रिया हुन्छ र यो नै दृष्टिको आधार बन्दछ । रङ्गीविरङ्गी देखिनुमा रङको भन्दा कोनको बढी भूमिका हुन्छ । किनभने उज्यालोमा बढी सक्रिय हुने कोषहरु कोन नै  हुन् । यस बाहेक वस्तु रङ्गीचङ्गी देखिनुमा प्रकाशको पनि उत्तिकै भूमिका छ । 

प्रकाशमा वैजनीदेखि लिएर रातोसम्म विभिन्न सात प्रकारका रङहरु छन् । वस्तुमा परेको प्रकाश र त्यसले सोसेको अनि परावर्तित गरेको प्रकाश तरङ्ग अनुसार वस्तुको रङ बन्दछ । जस्तो रातो फूल रातो देखिनुको मतलब त्यसले रातो बाहेक अरु सबै सोस्दछ । अनि रातो फूललाई रातो भनी देख्न र चिन्न अघि भने जस्तै रङप्रति प्रतिक्रिया देखाउने हाम्रो आँखाको कोष र मस्तिष्कमा पुगेको संकेतले मद्दत गर्दछ ।