काठमाडौ – अजिनोमोटोको रासायनिक नाम मोनोसोडियम ग्लुटामेट हो । यसमा तौलको हिसाबले ७८ प्रतिशत ग्लुटामिक एसिड र २२ प्रतिशत सोडियमको मात्रा हुने गर्दछ । यसको प्रयोगले खानेकुरालाई स्वादिलो बनाउन मद्दत गर्दछ ।
प्रोटिन बढी मात्रामा पाइने खाद्य पदार्थ जस्तैः दूधका परिकार, माछा, मासु आदि हामी मिठो मानेर खान्छौं, त्यस्तै तरकारीको आदि थप्ने गछौँ । यी खाद्य पदार्थमा पाइने ग्लूटामेट नामक एक प्रकारको एमिनो एसिडले खानालाई मिठो पारिदिएको हुन्छ । त्यही ग्लुटामेटलाई प्रशोधन गरी जापानको अजिनोमोटो कम्पनीले सन् १९०९ देखि मोनोसोडियम ग्लुटामेटलाई “अजिनोमोटो“ नाम दिई बजारमा बिक्रीवितरण सुरु गयो । सन् १९७० सम्म आइपुग्दा खानेकुरामा यसको प्रयोग अत्यधिक हुन थाल्यो । त्यसैताका केही अनुसन्धानात्मक लेखहरु मार्फत् मोनोसोडियम ग्लुटोमेटको प्रयोगले टाउको दुख्ने, एलर्जी हुने, छाती दुख्ने, मुटुको धडकन बढाउने, वाक्वाकी लाग्ने, पसिना आउने शरीर झमझमाउने जस्ता नकारात्मक असर हुने कुरा प्रकाशमा आयो र खानेकुरामा यसको प्रयोग विवादको विषय बन्यो । त्यसपछिका दशकहरुमा गरिएको व्यापक अनुसन्धानहरुले भने, ती लक्षणहरु र मोनोसोडियम ग्लूटामेटको बीच खासै सम्बन्ध नभएको निष्कर्ष निकाल्यो । फलस्वरुप, सन् १९९५ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले यसको उपभोगलाई सुरक्षित मान्यता दियो । तथापि मोनोसोडियम ग्लुटामेट शरीरलाई अत्यावश्यक नपर्ने तर यसको प्रयोगले खाना मिठो भइदिँदा र त्यसैको कारणले आवश्यक भन्दा बढी मात्रामा खाना खाइदिने हुँदा, मानिस मोटाउने हुनाले यसलाई मन्द विषको संज्ञा दिंदै, यो मिसाइएको खाद्य पदार्थमा यसको उल्लेख हुनु पर्ने अनिवार्यता गराइयो ।
यद्यपि, केही स्नायु विशेषज्ञहरुका अनुसार मोनोसोडियम ग्लुटामेटको प्रयोगले गर्दा ते पार्किन्सन्स अल्जाइमर हन्टिङटन र मल्टिपल एक्लेरोसिस जस्ता मस्तिष्क सम्बन्धी रोगहरु लाग्न सक्दछ, तर यसको पुष्टि भने हुनै बाँकी छ । त्यस्तै यसको प्रयोगले मानिसको हड्डी मकाउँछ भन्ने कुरा पनि केवल भ्रम हुन सक्दछ ।
0 comment