काठमाडौं - अमेरिकाको टेक्सास राज्यमा रहेको एक डेरी फार्ममा विष्फोट हुँदा १८ हजार गाई सखाप भएका छन् ।

टेक्सासको पश्चिमी क्षेत्रको डेरी फार्ममा लागेको आगलागी अमेरिकाको फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ । यस हप्ताको सुरुमा डिमिट सहर नजिकै रहेको साउथ फोर्क डेरीमा विस्फोट भएको थियो। 

डेरी फार्मको मेसिनरीबाट निस्केको मिथेन ग्यासले आगलागी भएको हुनसक्ने अधिकारीहरुको अनुमान छ ।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले विस्फोटको तस्बिरहरू साझा गरेको छ, जसमा फार्मबाट धुवाँको ठूलो मुस्लो उठेको देखिन्छ।

आगलागी र धुवाँमा निसास्सिएर कति गाईको मृत्यु भयो भन्ने यकिन संख्या थाहा नभएको तर १८ हजार गाईवस्तु बेपत्ता रहेको जनाईएको छ ।