आजको नेपालको भारतसितको सम्बन्ध हिजोको कालखण्ड जस्तो छैन । इसाई–मुसाईको पालाको शासन जस्तो पनि छैन । आज त “डचेज एनड ज्वैलर्स” को कथा जस्तो छ । एक अर्कालाई नभै नहुने, तर एकले अर्कालाई ठगीनै रहने । अझ भन्ने हो भने भारतले नेपाललाई ठगी रहने र नेपालीहरुले भारतबाट ठगियौं भने उद्घोष पनि गरी नै रहने । नेपालले भारतसित राख्ने सम्बन्ध भने राणाकालमा, राजाको शासनकालमा र दलीय शासन व्यवस्थामा फरक फरक रहेको पाइन्छ । 

नेपाल सत्ययुगदेखि निरन्तर स्वतन्त्र, सार्वभौम, धर्मअधिराज्य कायम रहिआएको मुलुक हो भने इन्डिया मुसलमान र इसाई संस्कारका विदेशी शासकबाट सन् ६२९ देखि १९४७  सम्म १३१८ बर्ष विदेशीको दासका रुपमा रहेको थियो । त्यो गुलामीले इण्डियालाई एउटा फाइदा भयो, त्यहाँका ६६५ वटा स्वतन्त्र मुलुक मिलाएर एउटा इण्डिया बनेको छ । जनतामा मुसाईको जस्तो धन लुट्ने र इसाईको जस्तो विस्तार गर्ने  प्रवृत्ति बढेको छ । नेपालले भारत चाहन्छ तर भारत इण्डिया बनिरहन खोज्छ, यही प्रवृत्तिबीच तनाव छ । 

यसबीचमा विश्वको मानचित्र बदलियो, राजनिति र अर्थनीति बदलियो, विज्ञान–प्रविधि पनि बदलियो । आर्थिक नीति पनि बदलियो । बदलिएका नीतिले प्राच्य भूभागमा व्याप्त रहेका सीप र प्रविधिलाई जसरी भएपनि दबाउन थालियो । इण्डियाका जनताले पश्चिमा जीवन पद्धतिलाई पछ्याए तर नेपाल भने मौलिकता जोगाइराख्न चाहन्छ । पश्चिमाहरु पश्चिमीकरण गर्न गैरसरकारी संस्था बनाएर छिरेका छन् । आजकल तिनले चीन र भारत दुबैलाई कमजोर बनाउने थलो नेपाल उपयुक्त भएको ठहराएका छन् । नेपाली जनतालाई अमेरिकी पक्षधरको “हब” बनाउने योजनामा छन् । नेपालमा इसाईकरण गर्ने योजना बनाएका छन् । त्यसका लागि उनले स्थानीयता, संघियता, गणतन्त्र, धर्म निरपेक्षता, जातीयता , भाषिकता, लैङ्गिकता पूर्वधारका साधन जुटाएका छन् । त्यसमा इण्डियाले नेपाल विरुद्ध पश्चिमालाई साथ दिएकोले नेपाल असन्तुष्ट छ । 

प्राच्यको तिक्ष्ण बुद्धि र क्षमतालाई आफुले ग्रहण गरेर त्यसलाई हतियार बनाउँदै तिनै पूर्वीयामाथि दमन गर्ने पश्चिमाको योजना हो । हडशनले नेपालमा रहँदा त्यस्ता सूत्रका ५०० भारी ग्रन्थरत्न खोजेर, किनेर, बेइमान गरेर, प्रलोभनमा पारेर त्यसै बेलामा पश्चिममा लगेको कुरा सबैलाई थाहा छ । अमेरिका लगायत पश्चिमी मुलुकको ब्रेन ड्रेन पोलिसी पनि विश्वका उत्कृष्ट मगज र तिनको सीपलाई त्यहाँ पु¥याउने नै हो । तर त्यहाँको उत्कृष्ट कगज अन्यत्र नजाओस् भनी बौद्धिक सम्पत्तिको पनि कपीराइट कानून बनाएर उदार–अर्थनीति अनुसार बाहिरिन नदिने योजना उनीहरुले बनाएका छन् । तिनको शिक्षा पद्धति पनि विश्वका ब्रेनलाई अमेरिका तान्ने प्रकारको बनाइएको छ । विज्ञान, प्रविधि, इत्यादिका होनाहार विद्यार्थीहरुले माध्यमिक तहको शिक्षा प्राप्त गरेपछि उच्च शिक्षाका लागि स्वतः पश्चिममा जाने मन हुने शिक्षाको पद्धति लदाएका छन् । अङ्ग्रेजी माध्यममै पढाउनु र अङ्ग्रेजीलाई अनिवार्य गराउनु त्यही कारण हो । 

यसरी नेपाल–भारतबीच बहुआयामित सम्बन्ध छ । आज पनि गोत्र चाहिए जाने काशी नै हो । इलम देशभित्रै गर्नेहरु पनि इलाजका लागि भारत नै जान्छन् । भारतमा आयुर्वेदिक कारखाना जति भए पनि जडिबुटी खोज्न नेपालमै आउँदछन् । तर भारतमुखी दलहरुले त्यसको व्यवस्थापन गर्न नसकेर जडिबुटिका मुहानका जनता कालापहाडतिर  खविवाल जनता पश्चिममा जाने बाध्यता दलहरुले नै पारेका छन् । जनतालाई सन् १९५० तिर देखिको हस्तक्षेप घट्दै गयो । अन्ततः दलीय शासन व्यवस्थाको पुनःस्थापन पछि  भारतीय अग्रसरता फेरि बढेर गयो । त्यो दबाबको क्रम २०५३ देखि चरमचुलीमा पुग्यो । नेपालका लागि भारतीय राजदूतहरु भारतीय भाइस रायजस्तै भए । 

सन् १९८९–९० तिर प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए । सितयुद्ध समाप्त नभएको भए नेपालमा गणतन्त्र त के दलीय व्यवस्था समेत कल्पनाको विषय हुने थिएन । यदि त्यसो हुँदो हो त आजको जस्तो सिक्किमीकरण, फिजीकरण, सम्राज्यवाद एवं विस्तारवादको डर पनि देखिने थिएन । भारतलाई देखाएर भयको खेती गर्नुभन्दा नेपालले भारतमाथि त्यसबेलासम्म भय जमाउन सक्नुपर्दछ जबसम्म दुबै देश निर्भय रुपमा बाँच्ने वातावरण बन्दैन । “रअ” को दैत्यकरण नेपालका लागि प्रत्युत्पादक नै छ भन्ने कुरा प्रजातन्त्र, स्वतन्त्रता र सार्वभौम सत्तामा विश्वास गर्ने दलहरुले आत्मसात गर्न नसक्नु दुई देशबीचको त्रासदी  हो ।