डा. क्रिष्टिना अमात्य के. सी. (PHD)
खाना भोक मेटाउने र स्वास्थकर रहनकोलागि खाईन्छ । स्वास्थ जीवनको लागि खाना कहिल्यै पनि घाँटीसम्म आउने गरी पेट भरी खानु हुन्न । पेटमा ३/४ गास खाना अटाउने ठाउँ राखेर (खाना मल लाग्दा लाग्दै) खान छाड्नु पर्दछ । खाना खाएको एक घन्टासम्म थप केही नखानुले स्वास्थलाई फाईदा गर्दछ । दैनिक खाना खाएपछि तत्काल के के खाना नखादा स्वास्थलाई फाईदा गर्दछ । संक्षिप्तमा निम्न बमोजिम उल्लेख गरिएको छ ।
१. खाना खादै गर्दा विचमा मनतातो पानी पिए पनि थोरै पिउँनु पर्दछ । खाना खाएको एक घण्टासम्म पानी नखादा स्वास्थलाई फाईदा गर्दछ । अझ खाना खाएकै वेला विच विचमा र खाना खाए लगत्तै चिसो पानी खादा पाचन शक्तिमा हानि गर्दछ । यसले जठरग्नि काममा बाधा पार्दछ । पानी जहिले पनि मनतातो खानु हितकार हुन्छ ।
२. धुम्रपान गर्नु स्वास्थकोलागि हानीकार हुन्छ । खाना खाने वित्तिकै धुम्रपान गर्नु अझ बढि हानिकार हुन्छ । खाना खाने बित्तिकै खाएको १ सिगरेटले गर्ने वेफाईदा अन्य समय खाएको १० सिगरेट वरावरा हुन्छ ।
३. खाना खाएपछि तुरन्तै खाएमा वायु बढाउँछ । दुई घण्टापछि खानु उत्तम हुन्छ । झन खादै नखाए झ उत्तम हुन्छ ।
४. कसैको खाना खाएपछि तुरन्तै चिया, कफी खाने बानी हुन्छ । त्यस्तो वानीले खाएको खाना पच्न धेरै समय लाग्छ । र अपच हुने सम्भावना रहन्छ ।
५. खाना खाने वित्तिकै सुत्दा खाएको पच्न गाह्रो हुन्छ । पच्न बढी समय लाग्छ । रातिको खाना खाएको २÷३ घण्टा पछि सुत्नु राम्रो हुन्छ । कसै कसैको दिउँसो पनि सुत्ने बानी हुन्छ । यसरी सुत्नु स्वास्थकोलागि वेफाईदा जनक हुन्छ ।
६. खाना खानासाथ नुहाउँनु स्वास्थकर हुन्न । यसरी नुहाउँदा रगतको प्रभाव हात खुट्टामा बढि पर्दछ । पेटमा नपर्ने हुँदा पाचन क्रियामा असर पर्दछ ।
उल्लेखित नियम पालन गर्दा पनि मौसम परिवर्तन हुँदा रुघा, खोकी लाग्न सक्छ । भाईरसले चिकनगुनिया लगायतका रोग लाग्न सक्छ । रोग लागेपछि निको हुन समय लाग्छ । ठण्डी मौसममा चिसो पानी खाँदा पनि कसैलाई केही हुदैन । जसको इम्युन पावर बढी छ त्यस्ताकोलागि भाईरसले छुदैन । तर कमजोरलाई रुघा, खोकी लाग्न सक्छ । जो गाउँमा बसेर घाँस काट्ने, दाउरा काट्ने, खेती किसानी गर्ने, गाई–भैसी पाल्ने आदि काम गर्दछ, त्यस्ताको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । शहर वजारमा बस्ने, पानी समेत उमालेर खाने, शारिरिक व्यायम कुनै काम नगर्ने र खाना पनि फाष्ट फुड बढी रुचाउनेको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ताको Immune System कमजोर भएको हुन्छ । Immune System मजवुद हुन, विषादी नहालेका तरकारी बढी खाने । चिया, कफी कम खाने गर्नु पर्दछ । यसले पाँचन पक्रियालाई असर गर्दछ । रातमा दुई पेक भन्दा बढी रक्सी खाने, घरीघरी रिसाउने जस्ता कार्यले Immune System लाई प्रभाव पार्दछ । मौसम परिवर्तन हुनासाथ Immune System कमजोर हुनेलाई रुघा–खोकी लाग्ने, पेट खराव हुने, खाएको नपच्ने, घाँटी खराब हुने बढी मोटाउने आदि हुन्छ ।
यसैले Immune System बढाउँने खाद्य वस्तु खानु पर्दछ । कतिपयलाई हरेक मौसममा भाईरसले केही गर्न सक्दैन । मौसम बदली हुनासाथ फरक पर्ने हुनाले अदुवा, मह, वदाम, लसुन, वेसार आदिको सेवन गर्नु उत्तम हुन्छ । अदुवामा एन्टिअक्सिडेण्ट तत्व हुन्छ । लसुनले व्लड प्रेसरलाई फाईदा गर्छ । राती सुत्नु पूर्व खादा निद्रा आउँछ, शरीरको लागि लाभदायक हुन्छ । समस्या नै नभए पनि खानु ठिक हुन्छ ।
राती के नखाने
केही खाद्य खानाले अनुहारमा चाउरी देखिदैन । उमेर अनुसारको बुढोपन देखिदैंन । कपाल चिल्लो देखिन्छ । अनुहार पोटीलो र चिल्लो र चिल्लो देखिन्छ । मानिसले फुर्तिलो हुनका लागि केहि नियमको पालना गर्नु पर्दछ ।
१. आलस खाने :- आलसमा Omega Fatty छ । यो उक चम्चा पानीमा भिजाएर बेलुका राख्ने र भोलीपल्ट विहान पानी सहित खाने । यसले मुटुलाई फाईदा गर्छ । कापाल कालो, स्वस्थकर हुन्छ र अनुहारमा चाउरीपन (Wrinkle) देखिदैंन ।
२. छोकडा (मुनक्का) :- छोकडा कालो राम्रो हुन्छ । यसलाई बेलुका पानीमा भिजाएर राख्ने र भोलीपल्ट विहान खाने गर्नुपर्दछ । यसमा, Magnesium Potassium र Iron हुन्छ । एनिमिया हुनेले बेलुका ५/६ वटा भिजाएर पानी सहित खानु पर्दछ । यसले पाचन क्रिया बढाउँछ । किड्नीलाई फाईदा गर्छ । यसमा क्यान्सर निरोध गर्न सक्ने क्षमता पनि छ । छालाका रोग निको हुन्छ । यसमा रोग निरोधक क्षमता हुन्छ ।
३. मेथी :- फाइवरयुक्त खाना हो । यसले आँत सफा राख्दछ । डईविटिजलाई कम गर्दै निको पार्छ । उच्च रक्तचापका रोगीलाई रक्तचाप घटाएर फाईदा गर्छ । घुडाको समस्या निको पार्न साहयक हुन्छ । कपाल चम्किन्छ । शरीरका ज्वाईन्टहरु दुःख्ने वाथका रोगीलाई फाईदा गर्छ । पेटका रोगीलाई लाभदायक हुन्छ । अनुहार चम्किलो बनाउँछ ।
४. चना :- कालो चना भिजाएर काँचै खादा भिटामिन बि, प्रोटीन, फाईवर पाईन्छ । यो हाम्रालागि अति लाभदायक छ ।
कस्तो आहार खाने
खाना सकभर प्राकृतिक आहार खानु पर्दछ । त्यस्ता खाना माटोमा उम्रिएका, सकभर माटो वा ढलौटको भाँडामा पकाएको, दाउँरामा पकाएको, मानिसको बलले भन्दा प्रकृतिले हुर्काएको खाद्य वस्तुको रुप रंग निबग्रीएको, खानासाथ पिउन मन न लाग्ने खाना खानु पर्दछ । प्रकृतिमा उब्जिएका खाद्य वस्तु भन्दा नुन, तेल, ध्यु, चिनी, मसला रंग मिसाएका जस्ता खाना खानु स्वास्थकर हुँदैन । माउबाट जन्मिएको खाद्य वस्तु, ग्याँस जस्ता चुलोमा पकाएको, काँचै पनि खान नसकिने खाद्य, नुन, ध्यु, चिनी, मसला, रंग वा अन्य वस्तु मिसाएका खाना खाइसकेपछि तुरन्तै पानी पीउन मन लाग्ने खाद्य खानु हुँदैन । रक्सी, मादक पदार्थ, सूर्ति, भाँग, धतुरो, गाँजा, चरेस, अफिम, कोकीन जस्ता लागू पदार्थ खानु हुँदैन । मादक पदार्थ बाहेकका अन्य माटो मै उम्रने विरुवाबाट तयार हुने भए पनि यिनमा भएको स्वाभाव र क्षणिक उत्तेजना प्रदान गर्ने पदार्थ खानु हुदैन ।
0 comment