विश्वमा जलवायु परिवर्तनको विकराल समस्या छ, बद्दो तापक्रमको स्वच्छ वातावरणमा बाँच्न पाउनु मानवको नैसर्गिक अधिकार हो । मानव एक चेतनशिल प्राणी हँुदा हुदै पनि वातावरण प्रदुषण गर्ने प्रमुख कारकको रुपमा रहेको छ ।

पृथ्वीको सतहको तापक्रम औषत रुपमा पन्ध्र डिग्री सेल्सियस रहेका छ । यदि हरित गृहको प्रभाव नभएको भए पृथ्वीको सतहको औषत तापक्रम माइनस अठार डिग्री सेल्सियस हुने थियो । जहाँ जीवन नै सम्भव थिएन । विश्वमा औधोगिक क्रान्तिको शुरुवात सँगै मानविय क्रियाकलापबाट बायुमण्डलमा हरितगृह ग्यासहरु कार्बनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, हाइड्रोफ्लोराइडको अत्याधिक मात्रामा उत्सर्जन हँुदा आज पृथ्वीमा हरित गृह प्रभाव नियमित रुपमा भन्दा बढी भएको कारणबाट पृथ्वी तात्दै भएको छ । आज औद्योगिकीकरण कै कारणले वातावरणमा कार्बनडाइअक्साइडको उत्सर्जन बढिरहेको छ । शहरीकरणका नाममा वनजङ्गल विनाश, जैविक इन्धनको प्रयोगले वातावरणमा दिनानुदिन हरितगृह ग्यास बढ्दै छ । वितेका आठ बर्ष हालैसम्मका गर्मी बर्षका रुपमा रहेका छन् । स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडीको अनुसार विगत १० बर्षमा कम्तीमा एक डिग्री सेल्सियस तापक्रम बृद्धि भएको छ । अहिले बायुमण्डलमा कार्बनडाइअक्साइड पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियस भन्दा बढी छ ।

विश्व औद्योगिकिकरण पश्चात् बाययुमण्डलमा कार्बनडाइअक्साइडको मात्र ४०%, मिथेन १५०%, नाइट्रसआक्साइड २०% ले बढेको पाइनछ । कृषि, वन तथा भु-उपयोगबाट २४% हरित गृह ग्यास उत्सर्जन हुने गर्दछ । उर्जा, उद्योग, यातायात तथा आवासबाट क्रमशः २५%, २१%, १४%, ६%, १०% हरितगृह ग्यास उत्सर्जन हुने गर्दछ । उद्योगधन्दा, कोइला खानी, लगायतका मानविय क्रियाकलापबाट चीनले सबैभन्दा बढी ३०% र अमेरिकाले १५% कार्बनडाइअक्साइड उत्सर्जन गर्दछन् । विश्वका १० वटा देशले तीन चौथाई हरित गृह ग्यासको जम्मा ०.०२५ प्रतिशत उत्सर्जन गर्दछ । आजकै दिनमा हरित गृह ग्यासको उत्सर्जन शुन्यमा सार्दा पनि हरित गृह ग्याँसको मात्रा ओद्योगिकिकरण पुर्वको अवस्थामा ल्याउन सय वर्ष भन्दा वढी लाग्दछ ।

कार्बन डाईअक्साइडको मात्रामा बृद्धि, बर्षामा फेरबदल र चरम मौसमी घटनाले पृथ्वीमा प्रत्यक्ष असर गरिराखेका छन् । बढ्दो तापक्रमका कारण हिम नदी पग्लिरहेको अवस्था छ । अत्यधिक गर्मी र खडेरी साथै अप्रत्यासित मौसम र जलवायु सम्बन्धी प्रकोपबाट विश्वका मानिसमा नाकारात्मक प्रभाव परेको छ । विश्वमै सर्बोच्च शिखर सगरमाथाको अत्याधिक तापक्रमका कारण हिउ पग्लिरहेको अवस्था छ भने नेपालभर विभिन्न भू-भागमा बेमौसमी बर्षाका कारण बढी पहिरो त कहिले खडेरीको अवस्था छ । स्विटजरल्यान्डमा जस्तो चिसो देशमा समेत गर्मी मौसमका कारण सबै हिउँ पग्लिएको छ । विभिन्न देशमा हिमनदीको बरफको मात्रा एक तिहाई भन्दा बढीले घटेको छ । त्यस्तै विश्वभर बरफ पग्लिएर ३० बर्षमा समुद्रको सतह बढेको छ । यसको दुश्प्रभाव स्वरुप खडेरी र अत्याधिक बर्षा दुर्वले मानब जातिलाई पिडा थपिदिएको छ । केन्या, सोमालिया र इथियोपियाले कम बर्षाका कारण बाली बिनाश भोगेका छन् । पाकिस्तानले उच्च बर्षाका कारण बाढीको सामना गर्नु पर्‍यो । त्यस्तै युरोपका विभिन्न देशहरुले समेत उच्च तापक्रम बेहेर्नु परेको छ ।

जलवायु परिवर्तनको मारमा सबैभन्दा बढी विश्वका सबैभन्दा गरिब र अविकसित देशहरु  पर्दछन् । नेपाल जस्तो प्राकृतिक विविधताले भरिएका देशको स्रोत र साधनहरु सङ्कटमा पर्ने सम्भावना अग्र पंक्तिमा छन् । गरीब तथा अविकसित देशको संकट सँग जुध्न सक्ने क्षमता न्यून भएकाले क्षति बढी हुन सक्ने अनुमान अगाउन सकिन्छ । विकसित देशले जलबायु परिवर्तनका घटना अघि नै जनतालाई उद्धार गर्ने क्षमता राख्छन् भने नेपालसँग नीति र कार्यक्रम छ तर तयारी छैन । तराईमा बाढीमा धेरै मात्रामा जनता डुब्ने गर्दछन् । पहाडमा खडेरी पर्दा आकाश पानीको भरमा खेती गर्ने भोकभोकै पर्दछन् । संसारका ७८ प्रतिशत खाद्य असुरक्षित मानिसहरु आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् । विश्वमा जलवायु परिवर्तनका कारण विस्थापित हुनेमा ८० प्रतिशत महिला छन् । अधिकांश पुरुषहरु बैदेशिक रोजगारीमा जाने हुनाले महिलाले कृषिमा लाग्नु परेको छ ।
जलबायु परिवर्तन विश्वका लागि नै चुनौति हो । विकसित औद्योगिक मुलुकले डेढ सय वर्षदेखि अत्यधिक जीवनमा इन्धन र स्रोतको दोहन गरेका कारण बायुमण्डल प्रदुषित गर्ने ग्यासहरुको उत्सर्जन भइरहेको छ । तथापि विश्व तापमान घटाउन विकसित मूलुककै चासो कम छ र यसको असर कम विकसित मुलुकले भोग्नु परेको विडम्बना नै हो ।

खनिज इन्धनको पर्यायमा बैकलिपक, स्वच्छ र नवीकरण उर्जा प्रयोग गरेमा जलवायु परिवर्तनको असर कम हँुदै जानेछ । यसरी नै क्रमिक रुपमा तापक्रम बृद्धि हुँदै गएमा मानव लगायत सम्पूणर् पृथ्वीका जीवको अस्तित्व खतरामा पुग्ने छ । यो जोखिम न्यूनिकरण गर्ने मूख्य जिम्मेबारी मानव जाति कै हो । साथै अन्तराष्ट्रिय रुपमा दबाब दिई विकसित मुलुकले अविकसित मुलुकलाई जलबायु परिवर्तन बापत क्षतिपुर्ति दिनु आवश्यक छ ।

यस सन्दर्भमा नेपाल जस्ता देशले एकातिर अन्तराष्ट्रिय तहमा हरित गृह ग्यास हटाउन प्रयत्नशिल हुने तर्फ आवाज उठाउनु पर्छ भने विश्व र मानव जातिको भविष्य समेत सुरक्षित गर्ने यो पृथ्वी सुन्दर राख्न प्रयत्नशिल रहनु पर्छ । मानव गृह पृथ्वीको संरक्षण गर्नु आजको प्रथम आवश्वकतालाई आत्मसात गर्नु पर्दछ । जलवायु परिवर्तन र तापक्रमको समस्या विश्वमा जलवायु परिवर्तनको विकराल समस्या छ, बद्दो तापक्रमको स्वच्छ वातावरणमा बाँच्न पाउनु मानवको नैसर्गिक अधिकार हो । मानव एक चेतनशिल प्राणी हँुदा हुदै पनि वातावरण प्रदुषण गर्ने प्रमुख कारकको रुपमा रहेको छ ।

पृथ्वीको सतहको तापक्रम औषत रुपमा पन्ध्र डिग्री सेल्सियस रहेका छ । यदि हरित गृहको प्रभाव नभएको भए पृथ्वीको सतहको औषत तापक्रम माइनस अठार डिग्री सेल्सियस हुने थियो । जहाँ जीवन नै सम्भव थिएन । विश्वमा औधोगिक क्रान्तिको शुरुवात सँगै मानविय क्रियाकलापबाट बायुमण्डलमा हरितगृह ग्यासहरु कार्बनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, हाइड्रोफ्लोराइडको अत्याधिक मात्रामा उत्सर्जन हँुदा आज पृथ्वीमा हरित गृह प्रभाव नियमित रुपमा भन्दा बढी भएको कारणबाट पृथ्वी तात्दै भएको छ । आज औद्योगिकीकरण कै कारणले वातावरणमा कार्बनडाइअक्साइडको उत्सर्जन बढिरहेको छ । शहरीकरणका नाममा वनजङ्गल विनाश, जैविक इन्धनको प्रयोगले वातावरणमा दिनानुदिन हरितगृह ग्यास बढ्दै छ । वितेका आठ बर्ष हालैसम्मका गर्मी बर्षका रुपमा रहेका छन् । स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडीको अनुसार विगत १० बर्षमा कम्तीमा एक डिग्री सेल्सियस तापक्रम बृद्धि भएको छ । अहिले बायुमण्डलमा कार्बनडाइअक्साइड पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियस भन्दा बढी छ ।

विश्व औद्योगिकिकरण पश्चात् बाययुमण्डलमा कार्बनडाइअक्साइडको मात्र ४०%, मिथेन १५०%, नाइट्रसआक्साइड २०% ले बढेको पाइनछ । कृषि, वन तथा भु-उपयोगबाट २४% हरित गृह ग्यास उत्सर्जन हुने गर्दछ । उर्जा, उद्योग, यातायात तथा आवासबाट क्रमशः २५%, २१%, १४%, ६%, १०% हरितगृह ग्यास उत्सर्जन हुने गर्दछ । उद्योगधन्दा, कोइला खानी, लगायतका मानविय क्रियाकलापबाट चीनले सबैभन्दा बढी ३०% र अमेरिकाले १५% कार्बनडाइअक्साइड उत्सर्जन गर्दछन् । विश्वका १० वटा देशले तीन चौथाई हरित गृह ग्यासको जम्मा ०.०२५ प्रतिशत उत्सर्जन गर्दछ । आजकै दिनमा हरित गृह ग्यासको उत्सर्जन शुन्यमा सार्दा पनि हरित गृह ग्याँसको मात्रा ओद्योगिकिकरण पुर्वको अवस्थामा ल्याउन सय वर्ष भन्दा वढी लाग्दछ ।

कार्बन डाईअक्साइडको मात्रामा बृद्धि, बर्षामा फेरबदल र चरम मौसमी घटनाले पृथ्वीमा प्रत्यक्ष असर गरिराखेका छन् । बढ्दो तापक्रमका कारण हिम नदी पग्लिरहेको अवस्था छ । अत्यधिक गर्मी र खडेरी साथै अप्रत्यासित मौसम र जलवायु सम्बन्धी प्रकोपबाट विश्वका मानिसमा नाकारात्मक प्रभाव परेको छ । विश्वमै सर्बोच्च शिखर सगरमाथाको अत्याधिक तापक्रमका कारण हिउ पग्लिरहेको अवस्था छ भने नेपालभर विभिन्न भू-भागमा बेमौसमी बर्षाका कारण बढी पहिरो त कहिले खडेरीको अवस्था छ । स्विटजरल्यान्डमा जस्तो चिसो देशमा समेत गर्मी मौसमका कारण सबै हिउँ पग्लिएको छ । विभिन्न देशमा हिमनदीको बरफको मात्रा एक तिहाई भन्दा बढीले घटेको छ । त्यस्तै विश्वभर बरफ पग्लिएर ३० बर्षमा समुद्रको सतह बढेको छ । यसको दुश्प्रभाव स्वरुप खडेरी र अत्याधिक बर्षा दुर्वले मानब जातिलाई पिडा थपिदिएको छ । केन्या, सोमालिया र इथियोपियाले कम बर्षाका कारण बाली बिनाश भोगेका छन् । पाकिस्तानले उच्च बर्षाका कारण बाढीको सामना गर्नु पर्‍यो । त्यस्तै युरोपका विभिन्न देशहरुले समेत उच्च तापक्रम बेहेर्नु परेको छ ।

जलवायु परिवर्तनको मारमा सबैभन्दा बढी विश्वका सबैभन्दा गरिब र अविकसित देशहरु  पर्दछन् । नेपाल जस्तो प्राकृतिक विविधताले भरिएका देशको स्रोत र साधनहरु सङ्कटमा पर्ने सम्भावना अग्र पंक्तिमा छन् । गरीब तथा अविकसित देशको संकट सँग जुध्न सक्ने क्षमता न्यून भएकाले क्षति बढी हुन सक्ने अनुमान अगाउन सकिन्छ । विकसित देशले जलबायु परिवर्तनका घटना अघि नै जनतालाई उद्धार गर्ने क्षमता राख्छन् भने नेपालसँग नीति र कार्यक्रम छ तर तयारी छैन । तराईमा बाढीमा धेरै मात्रामा जनता डुब्ने गर्दछन् । पहाडमा खडेरी पर्दा आकाश पानीको भरमा खेती गर्ने भोकभोकै पर्दछन् । संसारका ७८ प्रतिशत खाद्य असुरक्षित मानिसहरु आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् । विश्वमा जलवायु परिवर्तनका कारण विस्थापित हुनेमा ८० प्रतिशत महिला छन् । अधिकांश पुरुषहरु बैदेशिक रोजगारीमा जाने हुनाले महिलाले कृषिमा लाग्नु परेको छ ।
जलबायु परिवर्तन विश्वका लागि नै चुनौति हो । विकसित औद्योगिक मुलुकले डेढ सय वर्षदेखि अत्यधिक जीवनमा इन्धन र स्रोतको दोहन गरेका कारण बायुमण्डल प्रदुषित गर्ने ग्यासहरुको उत्सर्जन भइरहेको छ । तथापि विश्व तापमान घटाउन विकसित मूलुककै चासो कम छ र यसको असर कम विकसित मुलुकले भोग्नु परेको विडम्बना नै हो ।

खनिज इन्धनको पर्यायमा बैकलिपक, स्वच्छ र नवीकरण उर्जा प्रयोग गरेमा जलवायु परिवर्तनको असर कम हँुदै जानेछ । यसरी नै क्रमिक रुपमा तापक्रम बृद्धि हुँदै गएमा मानव लगायत सम्पूणर् पृथ्वीका जीवको अस्तित्व खतरामा पुग्ने छ । यो जोखिम न्यूनिकरण गर्ने मूख्य जिम्मेबारी मानव जाति कै हो । साथै अन्तराष्ट्रिय रुपमा दबाब दिई विकसित मुलुकले अविकसित मुलुकलाई जलबायु परिवर्तन बापत क्षतिपुर्ति दिनु आवश्यक छ ।

यस सन्दर्भमा नेपाल जस्ता देशले एकातिर अन्तराष्ट्रिय तहमा हरित गृह ग्यास हटाउन प्रयत्नशिल हुने तर्फ आवाज उठाउनु पर्छ भने विश्व र मानव जातिको भविष्य समेत सुरक्षित गर्ने यो पृथ्वी सुन्दर राख्न प्रयत्नशिल रहनु पर्छ । मानव गृह पृथ्वीको संरक्षण गर्नु आजको प्रथम आवश्वकतालाई आत्मसात गर्नु पर्दछ ।

रीक्षा कोइराला,