प्र. डा. बन्धु कोइराला, बत्तिसपुतली
१.
हिउदका चिसा दिन हरि भाई कम्प्युटरमा बसेका छन् म बोल्देछु (चिया पिउदै)
शहीद सप्ताहको अन्तिम चरणमा छौ ।
सरकार शहिद प्रति गम्भिर छैन । उत सत्तामा रमाएको छ ।
मात लाग्दो शक्तिको भोक उसमा झन् जाग्दैछ ।
भूपी शेरचनले भनेका थिए ः-
शक्तिको भोक यो देशमा कुरा
शहीदका भए तर भएन कुरा इमानजमानको
नबुद्ध चिन्यो नहिमाल आफैलाई
सोध्यो सोध्यो रमायो आफैमा
केहि आफुमा जो पायो
२.
यता त्यही शहीद
कहाँ चार शहीद
कहाँ बढी रक्सी धोकेर भीरबाट हामफाल्ने शहीद
मूल्यङ्कन विनाका शहीद
यति सुन्दर कान्तिपुरी नगरी
मेरा मित्र रामशरण पण्डे भन्छन्
हामी गोर्र्खे कहाँ छौ र छौं नेपाली
टिस्टा र काँगडाका हामी
यो त उनको चिन्तन राज्यवारी
उता गित र गजलमा दोहरी भाकामा
बसन्तको गितमा बसन्तको प्रीत
लाहुरे गितीमा रमाईरहेको छन् ।
रुदको मातमा उन्मत्तता ।
३.
कुनै दिन गोपाल प्रसाद रिमालले भनेका थिए
‘एक जुुकमा, एन दिन, एक चोटी आउछ
उलट, पुलट, उथल, पुथल हेरफेर ल्याउछ ।’
हो त्यो त ल्यायो तर लाटा सिधाको लागी ल्याएन
बोल्न नसक्नेको लागी ल्याएन
सुतेकाहरुको लागि ल्याएन ।
तर त्यो त केही टाठा बाठाहरुको लागी
मात्र यो ल्याएछ ।
कति विजोक !
रिमालले भनेका थिए
‘रातो र चन्द्र सूर्य जंगि
निशान हाम्रो’
तर दुई त सामाज्य हामीसँग हारे हामीसँग
आज त्यो सूर्य चन्द्र झंडा
कता कता ! शंकाको बादलमा
मडारिएको हो कि जस्तो लाग्छ ।
पृथ्वी नारायणको इच्छा थियो
चन्द्र सूर्य अंकिट झंडा
सदैव यो हिमाली खण्डमा फहराई रहोस् ।
४.
देवकोटाले भनेकै हुन्
‘मानवताको पुजा गर’
हिजो यहाँ ईश्वरको नाममा
ढुँगा पुजिन्थे
आज बाइवललाई अघि बढाने छन्
एकातिर यूरोपियन युनियन छ
अर्को तर्फ पश्चिममा सम्राज्यका इसाईहरु ।
कमसेकम मुस्लिम हामी कहाँ धर्मान्तरणमा त्यति छैनन्
सन्तोष कुरा तर धर्म निरपेक्षताको नाममा आज
यो देश एका तिर द्वन्दमा जान खोजिरहेको छ भने
जातीयताको बाढी तिनै पश्चिमाले बगाएका छन् ।
यसमा हाम्रा इसाइ का एजेष्टको पनि केहि न केहि
भूमिका सहयोग छदैछ ।
पृथ्वी नारायण होस् अथवा अमर सिंह भिमसेन थापा
महेन्द्र वि.पी., पुष्पलाल, मदन,, म मरे पनि यो देश
बाँचिरहोस् भन्थे यो निके ठूलो कुरा हो
अहिलेका सम्बिधानका महत्वपुरा
निर्माता भन्ने रवर साम्पहरु के भन्छन् ?
हिजोको कुरा हो कपि भूपी भन्थे
“हामी वीर हौ
तर बुद्ध हौ”
हामी बहु हौ र त वीर हौ
उनले थिकै भनेका हुन
‘एउटा स्ट्राइकर द्वारा संचालित
हामी मानिस कम र बर्ता गोटी हौ
हामी बुद्ढु नभई वीर कहिले हुन सकेनौ’
५. हिजो राणालाई पुज्दा पुज्यो अनि
अहिले गणतन्त्रका कहि
बिदुषक र खलनायकलाई विदेशीको हरियो घाँस
पुजा गरिरहेका छौ
तिनीहरुलाई मान मानिरहेका छौ
केही पाउने आशमा
पृथ्वीनारा भत्काउने भक्ति अमर र
बलभद्रलाइृ थुक्दैछौ,
मेचीकालीलाई बेवास्ता गर्दैछौ
काली बेच्दैछौ सुस्ताको के मतलाव यस्तै यस्तै
नबुद्धको प्रवाह न सीताको नजनकको
न राम, भृकुटी, अरनिको को
हामी हामीलाई नै चिन्दैनौ ।
बाबुलाई लाट मार्छौं
आमालाई नग्याउँछौं अनि पराईले
छिमेकीले दिएको नशामा मस्त भएर भन्छौं
“कस्ता बेकुफ बाबु ! कस्ती नराम्री पिछडीएकी आमा हाम्री”
बिदेशीको “जुठो” दास हामी




0 comment