महराकाठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टीका रविलामीछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेपछि उनी पार्टी सभापतिमा नियुक्त भइसकेका छन् । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दावी रहेको बताएको छ ।
तर नेकपा माओवादीले रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्मग गृहमन्त्रीको टुंगो नलाग्ने बताएको छ ।
त्यतिञ्जेलसम्मका लागि गृहमन्त्रालय माओवादीले आफैसँग राख्ने भएको हो । मंगलबार पार्टीको पदाधिकारी बैठकमा गृहमन्त्रालयबारे तत्काल निर्णय नभएको जानकारी पार्टीका प्रवक्ता कृष्णबहादुर महराले गराए ।
गृहमन्त्री को बन्छ ? भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका उपाध्यक्ष महाराले फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय माओवादीले नै राख्ने बताए । उनले भने,’रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ ।
गृहमन्त्रीको विषयलाई लिएर लामिछाने आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । भेटका क्रममा सत्ता गठबन्धनमा सहमति भए अनुसार पुनः गृहमन्त्री रास्वापालाई नै दिनुपर्ने अडान दोहोर्याएका थिए । नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए । तर प्रधानमन्त्री भने यस विषयमा सकारात्मक छैनन्।
0 comment