काठमाडौं - नेकपा (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओलीविरुद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलोपटक हो। बैठकमा भनाइ राख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका थिए भने अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए। एमालेको विधानमा पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ।

बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एकढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभनसमेत भएको थियो। अध्यक्ष ओलीले अनुशासन उल्लंघन गर्ने र अराजक बन्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि उपाध्यक्षहरू थप आक्रोशित बनेका थिए।

एमालेले कार्यविभाजन टुंग्याउने उद्देश्यका साथ सचिवालय बैठक बोलाएको भए पनि पार्टीभित्र नेतृत्व परिवर्तन र रूपान्तरणको बहस सुरु भएपछि बैठक लम्बिएको छ। विद्यादेवी भण्डारीलाई सदस्यता दिइने एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने तयारी गरेको छ। २०८२ फागुन २१ को निर्वाचन परिणामपछि एमाले कार्यकर्तामा चरम निराशा छाएको र नेतृत्वप्रति असन्तुष्टि चुलिँदै गएको बैठकमा विश्लेषण गरिएको छ। 

२०८२ भदौ २३ र २४ को घटना नेतृत्वको बचाउ गर्दै आएका नेता–कार्यकर्तासमेत पछिल्लो समय पार्टीलाई नयाँ दिशाबाट अघि बढाउनुपर्ने पक्षमा उभिन थालेका छन्।