काठमाडौं - फ्रान्सको उत्तरपूर्वी भागको टम्ब्लेन शहरमा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ विद्यार्थी, ५ प्रशिक्षक र पाइलटको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्यारासुटिस्ट स्कुलको उक्त विमान न्यान्सी–एस्सी एयरफिल्डबाट उडेको थियो। प्रहरीले सर्वसाधारणलाई मेउर्थ-एट-मोसेले विभागमा विमानस्थल वरपरको क्षेत्रमा नजान आग्रह गरेको छ। फ्रान्सका गृहमन्त्री घटनास्थलतर्फ जाँदै गरेको गृह मन्त्रालयले जनाएको छ।