काठमाडौं - भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊस्थित अलीगञ्ज क्षेत्रमा रहेको एक निजी कोचिङ सेन्टरमा आगलागी हुँदा १४ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले घटनाको पुष्टि गर्दै यसबारे उच्चस्तरीय छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। घटनास्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि पुगेका छन्। यसअघि उपमुख्यमन्त्री पाठकले सञ्चारकर्मीसँग कुरा गर्दै, “मैले आफ्नै आँखाले ११–१२ वटा शव देखेको छु,” बताएका थिए।
आगलागीको कारणबारे विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। घटनाको अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। त्यहाँ बालबालिकाहरू एनिमेसन सिक्न र कार्टुन बनाउन जाने गर्थे ।


0 comment