काठमाडौं - एसियन गेम्स छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले चीनमागि २२१ रनको फराकिलो जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । 

नेपालले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रन बनाउँदै अलाआउट भयो । चीनको लागि सेन्जियान जिङले सर्वाधिक ३१ रन बनाए । उनले १५ बलमा १ चौका र ४ छक्का प्रहार गरे । चीनका दुई शीर्ष ब्याटरलाई सोमपालले बोल्ड गरे । ओपनर ब्याटर डु जिन्यायो ३ रनमा बोल्ड हुँदा मा किन्चेङ डकआउट भएका हुन् । 

केही समय टिकेर रन बनाइरहेका ओपनर डु जियानहावो र कप्तान तियान सेन्क्यू सन्दीप लामिछानेको बलिङ अट्याकबाट बच्न सकेनन् । ओपनर डुले १७ र कप्तान तियानले १२ रन बनाए । चेन जुवो इले ९ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामीछानेले २–२ विकेट लिए। नन्दन यादवले १ विकेट लिए । 

त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ प्रदर्शन गरे । भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको पारी खेलेका हुन् । पहिलो विकेटका रूपमा ओपनर ब्याटर आसिफ शेख ११ रनमा पेभिलियन फर्किदा कुशल मल्लसँग कुशल भुर्तेलले १७५ रनको उत्कृष्ट साझेदारी बनाएका थिए । 

नेपालको लागि कुशल मल्ल ८५ र रोहित पौडेलले ६९ रनमा अविजित रहे । यी दुईले तेस्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरेका थिए । चीनको लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए । 

नेपाल समूह ए मा रहेर यो प्रतियोगिता खेलिरहेको छ । जसमा समूह ए मा चीन, मलेसिया र नेपाल रहेका छन्। यसअघि, कतारले पनि छनोट खेल खेल्ने निर्धारण भएको थियो तर कतारले छनोट प्रतियोगितामा सहभागिता जनाएन। जसका कारण नेपालको समूहमा ३ टोली रहेका छन्। 

मूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर रहेका छन्।