काठमाडौं - नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा माल्दिभ्सविरुद्ध नेपाल २५–१२, २५–९, र २५–२० ले विजयी बनेको हो।

लगातार दोस्रो जित निकालेको नेपालले तीन खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

भोलि हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाईनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।