काठमाडौं - राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शुक्रबार खेलकुद मन्त्रीसहित एन्फा र राखेपबीचको छलफलमा सहमति जुटेपछि प्रतिबन्ध फुकुवा गरिएको हो।

एन्फाले गत चैत  ११  मा पुरानै प्रतिनिधिहरूको उपस्थितिमा जबर्जस्ती अर्ली चुनावी साधारण सभा गर्ने प्रयास गरेपछि राखेपले एन्फालाई तीन महिनाका लागि प्रतिबन्ध लगाएको थियो।  फिफाले बिनासर्त निलम्बन फुकुवा गर्न पटक-पटक राखेपलाई आग्रह गर्दै आएको थियो। 

फुकुवा नभए सदस्यता जोखिममा पर्ने चेतावनी दिँदै आएको थियो। प्रक्रियागत रुपमा निर्वाचन सम्मपन्न गर्ने सहमतिपछि एन्फामाथिको प्रतिबन्ध हटाएको राखेपले जनाएको छ ।