काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सले सर्वाधिक ७५ रन बनाए ।
नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेपनि नेपाललाई जित दिलाउन सकेनन् । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । रोहित ३२ रनमा आउट भए । आसिफ शेख २१, करण केसी १८, विनोद भण्डारी १०, आरिफ शेख ३ र अर्जुन कुमाल ० रन बनाए । नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।


0 comment