काठमाडौं - इरानका विदेश मन्त्री अब्बास अराघाची अहिले पाकिस्तानमा रहेपनि अमेरिकी र इरानबीच प्रत्यक्ष भेटघाटको कुनै योजना नरहेको विदेश मन्त्रालयका प्रवक्ता इसमाइल बागेईले बताएका छन्।

अराघचीले पाकिस्तानका उच्चस्तरीय अधिकारीहरूसँग भेट गर्नेछन्।

यसैबीच इरानी सरकारी सञ्चारमाध्यमहरूले इस्लामाबादले द्वन्द्व अन्त्यका लागि इरानको सन्देश पुर्‍याउने पुलको रूपमा काम गर्न सक्ने बताएका छन्।

व्हाइट हाउसका अनुसार अमेरिकी विशेष दूत स्टेभ विटकोफ र जारेड कुसनर आज इरानसम्बन्धी वार्ताका लागि पाकिस्तान जाँदैछन् भने उपराष्ट्रपति जेडी भान्स आवश्यक परे सहभागी हुन तयारी अवस्थामा छन्।

अब मुख्य प्रश्न भनेको पाकिस्तानमा कति प्रगति हुन सक्छ भन्ने रहेको छ ।

यसैबीच इजरायली सेना र हिजबुल्लाहबीच झडप जारी छ र दुबै पक्षले हालै थपिएको युद्धविराम उल्लङ्घन गरेको आरोप एक अर्कामाथि लगाएका छन्।