काठमाडौं - इजरायल लेबनानबीचको युद्धविराम तीन हप्ताका लागि थपिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । जुन व्हाइट हाउसमा भएको वार्तापछि सम्भव भएको हो।
तर दीर्घकालीन शान्ति सम्झौता हासिल गर्नु चुनौतीपूर्ण छ र हिजबुल्लाहलाई निःशस्त्र बनाउन वाशिङ्टनबाट अझ धेरै सहयोग आवश्यक पर्ने बताईएको छ ।
यसअघि अमेरिकी राष्ट्रपतिले इरानको सभ्यता प्रति दिएका धम्कीबारे म जे गरिरहेको छु, त्यो धेरै राम्रोसँग काम गरिरहेको जस्तो देखिन्छ भने।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने विषयमा म हतार गर्न चाहन्न भने ।
यसैबीच अमेरिकी सेनाले भारतीय महासागरमा इरानी तेल बोकेको एउटा जहाज नियन्त्रणमा लिएको जनाएको छ। ट्रम्पले अमेरिकासँग होर्मुज जलमार्ग पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्।
इरानमा भने शीर्ष नेताहरूले ट्रम्पले देशको नेतृत्वबीच आन्तरिक विवाद भएको दाबी गरेपछि फलामे एकता रहेको बताएका छन्।
इजरायलका रक्षा मन्त्रीले अमेरिका तयार भएमा इरानसँग पुनः युद्ध सुरु गर्न सक्ने चेतावनी दिएका छन् र इरानलाई ढुंगे युगमा फर्काइदिने धम्की दिएका छन्।



0 comment