काठमाडौं - स्ट्रेट अफ हर्मुजमा तीनवटा कार्गो जहाजमाथि आक्रमण गरिएको इरानले छ।
यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम विस्तार गर्ने घोषणा गरेपछि भएको हो।
इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सले ती तीनमध्ये दुई जहाज नियन्त्रणमा लिएर इरानको तटतर्फ लैजाँदै गरेको जनाएको छ।
ती जहाजहरूले गत हप्ता केही समयका लागि हर्मुज जलमार्ग खुल्दा त्यहाँबाट छिटो पार हुन खोजेका हुन सक्ने बताईएको छ।
राष्ट्रपति ट्रम्पले हिजो राति युद्धविराम विस्तार गर्ने बताएका थिए साथै इरानमाथि दबाब बढाउनका लागि यसको बन्दरगाहमा अमेरिकी नाकाबन्दी पनि जारी राख्ने बताएका थिए। यो कदम पाकिस्तानमा हुने सम्भावित वार्ताअघि लिइएको हो।
तर ती वार्ताहरूको अवस्था अझै स्पष्ट छैन किनकि अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तान जानुपर्ने भए पनि गएनन्।
हर्मुज अहिले अत्यन्तै खतरनाक बनेको छ र अत्यन्तै कम मात्र जहाज आवागमन भइरहेको छ। यसले इरान मात्र होइन विश्व अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ।



0 comment