काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई वार्ता थप विस्तार गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपतिले इरानका बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी पनि तेहरानले एकीकृत प्रस्ताव पेश नगरेसम्म जारी रहने बताएका छन्।
यसअघि जारी रहेको युद्धविराम यसै हप्ता समाप्त हुने भनिए पनि अमेरिका र इरानबीचको वार्ताको अवस्था स्पष्ट थिएन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स हिजो इस्लामावाद जाने अपेक्षा गरिएको थियो, तर उनी वाशिङ्टनमै बसे। पछि ह्वाइट हाउसले उनी अब नजाने जानकारी दिएको छ।
इरानले पनि पाकिस्तानमा हुने वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने कि नपठाउने भन्ने निर्णय गरेको छैन ।
यो युद्धविराम विस्तारसँगै राष्ट्रपति ट्रम्पले आफूलाई थप समय दिलाएका छन् र यो कदमले उनी यस द्वन्द्व अन्त्य गर्नतर्फ झन् इच्छुक देखिएको छ ।



0 comment