काठमाडौं - काठमाडौंमा जारी सहिद स्मारक राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब विजयी भएका छन् ।
लिगमा पुलिसले चर्च व्वाईज तथा बागमतीले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई पराजित गरेको हो । बिहीबार ललितपुरको च्यासल मैदानमा भएको दोश्रो खेलमा पुलिसले चर्च व्वाईज युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्यो । जितसंगै पुलिस क्लवले ३ अंक बटुल्न सफल भएको छ ।
त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा बागमती युथ क्लबले आरएस रिसोर्टलाई ५–४ गोल अन्तरले पराजित गर्यो । बागमतीका लागि अस्मिता मगर र दीक्षा रनपालले २–२ गोल र प्रजिता राइले १ गोल गरिन् । त्यस्तै आरएस रिसोर्टका लागि गीता श्रेष्ठले २ तथा तुलसी कुमारी वली र बर्षा कुँवरले १–१ गोल गरिन् । जितसँगै बागमतीले ३ अंक हासिल गरेको छ ।



0 comment