चुनाव अव ४ दिन मात्रै बाकी छ । एक दिनको निर्णयले ५ वर्षको लागि देशको भविश्य कोरिदैछ । यो निर्वाचन अन्य निर्वाचन भन्दा विशेष मानिएको छ । जेनजी आन्दोलनले जन्माएको चुनाव भएकोले नयाँ र पूराना दलबीच निकै रोचक प्रतिस्प्रधा हुने आकंलन गरिएको छ । नयाँ पूराना जो भए पनि दलहरुले पूरानै ढाँचा र तरिकाबाट जनतामाझ प्रस्तुत भएका छन । जनसवाल जहिले सत्ताको सिढी बनिरहेको र सत्ताको आसिनले जनसवाल ओझेल परेको विगतका धेरै नजिरहरुले देखाएको छ । यी र यस्ता प्रश्नको घेरामा चुनाव अन्तिम घडीमा छ । चुनावमा प्रत्यक्ष तर्फ १ सय ६५ निर्वाचन क्षेत्रका लागि करिब ३ हजार ४ सय भन्दा बढी उम्मेद्धार मैदानमा छन । अहिले उम्मेद्धारहरुले मतदाता रिज्याउनका लागि गाउगाँउमा विभिन्न सहानुभुती देखाइरहेका छन । कोही खेतवारीका काम गरिरहेका जनतासँगै आफू पनि कुटो समाएर काम गर्दैछन भने कोही उखुवारीमा जनतासँगै उखु बोकीरहेका छन । थरीथरीका उपायहरु उम्मेद्धारहरुले प्रयोग गरिरहेका छन ।
चुनावको समयमा जनतासँग नजिक भएर मत माग्नु उनीहरुको दुखमा साथ दिन्छु भन्नु वाटो नभएको ठाउमा बाटोका व्यवस्था गरिदिने पूल नभएको ठाउमा पुल लगाइदिने सिंचाइ नभएको ठाउमा सिचाईको व्यवस्थापन गरिदिन्छु भन्ने किसानलाई मल समयँमै पाउने वातावरण बनाइदिन्छु भन्ने विद्यालयमा नभएको ठाउमा विद्यालय बनाएदिन्छु भन्ने शिक्षा स्वास्थ्य बसै निशुल्क गरिदिन्छु भन्ने भोका जनतालाई खान दिन्छु घर नहुनेलाई घर बनाइदिने जग्गा नहुने भूमिहिनलाई जग्गा उपलब्ध गराइदिने सुकुम्वासीलाई लालपुर्जा वितरण गरिदिन्छु भन्ने विजुली नभएको गाउमा विजुली लगिदिन्छु भन्ने किसानको उत्पादनलाई बजारीकरणको लागि व्यवस्थापन गरिदिने ढल नभएको ठाउमा ढलको व्यवस्थापन गरिदिने कुलो नभएको ठाउमा कुलो नहरको व्यवस्थापन गरिदिने पानी नभएको गाउमा पानीको व्यवस्था गरिदिने समुदायको संस्कृति जर्गेना गर्न सहयोग गर्ने मन्दिर नभएको ठाउमा मन्दिर बनाइदिने जेष्ठ नागरिकहरुको भत्ता वृद्धि गरिदिने गाउमा वेरोजगार भएर भौतारिएका युवाहरुलाई रोजगारको व्यवस्था गरिदिने समाजमा मौलाइरहको जातिय विभेद हटाइदिने महिलामाथी हुने गरेका घरेलु हिंसाको अन्त्य गरिदिने सिमान्तकृत वर्गको उत्थान गर्ने पिछडीएको समुदायलाई विशेष व्यवस्थासहितको सुविधाका लागि काम गर्ने देशको अर्थतन्त्रलाई वृद्धि गरी मुलुकको अर्थव्यवस्था वृद्धि गर्ने उद्योग कारखान खोल्ने जिर्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालनका लागि काम गर्ने जेष्ठ नागरिकको लागि विशेष व्यवस्था गर्ने टोलटोलमा जेष्ठ नागरिक केन्द स्थापना गर्ने यी र यस्ता विषयहरु उम्मेद्धारहरुले कण्ठ नै पारेका हुन्छन ।
उम्मेद्धारले घरदैलो गर्दा जनतालाई बाँडने आस्वासनका पोका यिनै हुन । जुन आस्वासन बाँडेर पटकपटक सत्ताको तरमार्नेहरु पनि फेरी चुनावी रेसमै छन ।
निमुखा जनताको अभावलाई सत्ताको टेको बनाएर विलासीताको स्वादमा रमाउदै नेता बन्ने प्रवृत्तिले गर्दा आज धनी र गरिबवीचको खाडल झन ठूलो बन्दै गइरहको हुनाले जनसवाललाई सत्ताको राजनीतिक सिंडी बनाइनु निकै दुखद पक्ष आम नेपालीका लागि बनिरहेको छ । धनी झन धनी भएर जाने र गरिब झन गरिब भएर जाने अवस्था ढाटको खेती गर्नेहरुको भिड बढीरहकोले सिर्जना गरिरहेको छ । जब चुनाव जितेर सत्तामा पुग्छन मेरो भूमिका के हो ? मैले गर्ने मुख्य जिम्मेवारी के हो ? मेरो चुनावी क्षेत्रका जनतालाई कस्तो सेवा दिन सक्छु ? यती धेरै प्रतिस्प्रधीहरुमध्ये मलाई किन जिताए ? कम्तीमा मेरो निर्वाचन क्षेत्रका जनताको दुखमा कसरी साथ दिन सक्छु ? उनीहरुसँग आफुले गरेका वाचा कसरी पूरा गर्ने ? यी सबै कुरा सर्लक्कै विर्सने परिपाटी जिवितै छ । कम्तीमा आफूले जिताएर पठाएको सांसदले केन्द्रमा बसेर जनमुखी नीतिहरु बनाउन निमुखामैत्री कार्यक्रमहरु ल्याउन सरकारलाई खबरदारी गरुन भन्ने अपेक्षाको भारी जनतामा हुन्छ ।
आफूले जिताएर पठाएको दलले बनाएको सरकारले भ्रष्ट्रचारी कडा कारवाही गरोस् विल तिर्ने ठाउमा लाइन बस्न नपरोस, पासपोर्टको लाइन बस्न नपरोस जुनसुकै सरकारी अड्डामा काम लिएर जादा एक पैसा पनि घुस खुवाउन नपरोस, लाइसेन प्राप्त गर्न २ वर्ष कुर्न नपरोस सरकारी अस्पतामा लाइन नवसी सहजै स्वास्थ्य सेवा पाइयोस किसानी गर्नेहरुका लागि समयमा मल पाइयोस विउ पाइयोस पानीको व्यवस्था होस आदि कुरा सरकारले गरिदियोस भन्ने हुन्छ तर सत्तामा पुगेपछि यी सबै विषय सत्ताको प्राथमिकतामा पर्दैनन पारिन्न । वर्षा लाग्छ खोला बाढी पहिरोले सिङगै गाउँ नै बगाउछ त्यहा कुनै पूर्व तयारी गरिन्न । सडकको दुरदशाले बर्षौनी कयौ मानिसहरुको सवारी दुर्घटनाबाट मृत्यु हुन्छ सडकको स्तरोन्नती सत्ताको प्राथमिकतामा पर्दैन । सित लहरले तराइलगायतका जनता बर्षौनी मृत्यु बरण गर्छन सत्ताको ध्यान त्यता कहिलै हुँदैन । भुमिहिन जनता सडककै बासमा जिवन गुर्जान बाध्य हुन्छन सत्ताको आँखा त्यहा कहिलै पर्दैन । दुर्गम ग्रामिण बस्तीका जनताले सिटामोल समेत समयमा नपाउने अवस्था जिउदै छ सत्ताको ध्यान त्यहा पुगेकै हुदैन ।
आफैले मत दिएर जिताएर पठाएको सासदलाई सिंहदरबारमा भेटन समेत नपाइने अवस्था अहिले पनि छ । गाउबाट आएका निमुखा जनताले सिंहदरबारमा आफ्नै क्षेत्रको सांसदलाई भेटन पाउदैनन । विकासको कुरा त निकै पर हुन्छ । जनताले आफ्नो गाउघरमा मत माग्न आउनेहरुलाई निडर भएर प्रश्न गर्न चुक्नु भएन । जनतालाई ठूला ठूला विकासका सपना देखाउनेहरुलाई जनताको प्रश्नबाट भाग्ने छुट छैन । जनताको प्रश्न नसुन्ने कहिलै नेता बन्न सक्दैन । राजनीतिलाई उत्तम सेवा नठान्ने नेतृत्वले निमुखाहरुको पिडा कहिलै थाहा पाउने प्रयास गर्दैन ।


.jpg)


0 comment