काठमाडौं - हेटौँडामा पहिलो पटक जुडो प्रतियोगिता हुँदैछ  । प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । जुडो महासंघको आयोजनामा हुने २० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा गर्न लागिएको बताइएको छ ।

आइतबारदेखि मंगलबारसम्मको लागि तय भएको प्रतियोगिताको समय प्राविधिक कारण माघ ३ गतेदेखि ५ गतेसम्मको लागि सारिएको हो । प्रतियोगिता हेटौँडा–४ स्थित कभर्ड हलमा हुनेछ । प्रतियोगितामा ७ वटै प्रदेशबाट छानिएका टोली र ३ वटा विभागीय टोली गरी १० वटा टोलीको सहभागिता रहनेछ । 

विभागीय टोलीका रुपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको सहभागिता हुने बताइएको छ ।