काठमाडौं - कराँतेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । उनले गत वर्ष पनि उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी थिइन् ।लगातार दुई वर्ष यो अवार्ड जित्ने उनी पहिलो महिला खेलाडी पनि हुन् ।
उनले भुटानमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण, चीनमा भएको सिनियर कराते च्याम्पियनसिपमा रजत, सिंगापुरमा भएको एयिया प्यासिफिक कराते च्याम्पिनयसिपमा स्वर्ण तथा दुबईमा भएका विश्व वान लिगमा रजत पदक जितेकी थिइन् ।


0 comment