वैकल्पिक शक्तिको रुपमा आफूलाई स्थापित भनेका नयाँ राजनैतिक दलहरु पनि हुँदा खाने जनताको सवालबाट टाढा हुँदैछन । जनस्तरका सवाल भन्दा नेतास्तरका वहस हुन थालेपछि नयाँहरुप्रति पनि जनता निरास हुने अवस्था भएको छ । नयाँहरुमा पनि जनताको अवस्था बदल्ने भन्दा पनि कुन नेतालाई कसरी व्यवस्थापन गर्ने कसलाई कुन स्थान दिने को मन्त्री को प्रधानमन्त्री भन्ने सवाल नयाँहरुको प्रमुख वहसको विषय बन्नु निकै दुखद पक्ष हो ।
जनताको अवस्था बदल्न कस्ता योजना बनाउने ? विकास र समृद्धिलाई तिब्रता दिन कसरी अगाडी बढने ? हुर्किदै गरेको गणतन्त्रलाई कसरी सस्थागत गर्दै जाने ? निमुखा जनताको अवस्था बदल्नका लागि कस्ता नीति कार्यक्रम चलाउने, लाखौको संख्यामा विदेशिएको युवा शक्तीलाई कसरी यही देशमा अडयाउने ? बढदै गएको वर्गीय दुरीलाई कसरी नजिक बनाउने ? आफ्नै उत्पादनले बजार धान्ने अवस्था कसरी बनाउने ? उद्योग धन्दा सञ्चालनसँगै रोजगारीको सिर्जना कसरी गर्ने ? शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई नीजिकरणबाट कसरीमाथी ल्याउने ? हुँदाखाने र हुनेखानेबीचको बढिरहेको दुरीलाई कसरी कम गर्ने ? भन्ने विषय कहिलै प्राथमिकतामा परेनन । गठबन्धनमा को पहिला प्रधानमन्त्री बन्ने ? कति समय प्रधानमन्त्री बन्ने ? आलोपालो प्रधानमन्त्री कसरी खाने ? आफ्ना नजिककालाई कसरी भाग पु्रयाउने ? यी र यस्तै विषयमा मात्रै गठबन्धन गर्ने दलहरुको समय खेर गयो । पद भन्दा माथी जनताको समस्या हो मुलुकको समृद्धि हो विकासको आवश्यकता हो भन्ने हेक्का दलहरुलाई भएन । जनताको जाडोले कठाङग्रीका छन सरकारलाई पद टिकाउनकै ध्यान थियो । जनता अभावको छटपटीमा रुमालिइरहने सरकार आफ्नौ किचलोमा अलमलिइ रहने जस्ता समस्याहरु सबैले भोगेकै हो देखेकै हो । पूराना दलले जनमुखी काम गरेनन जनताको समस्या देखेनन सधै आफ्नो दुनो मात्रै हेरे पटकपटक सत्तामा रहदा पनि भ्रष्ट्रचारको अन्त्य गरेनन , सुशासनको प्रत्याभुत हुन सकेन भनेर जनआक्रोस सतहमा नै पोखियो र अहिलेको अवस्था जन्मीयो । पूराना दलप्रति जनविश्वास खस्कीदै गएको समयमा नयाँ दलहरु पनि जन्मीइ रहेका छन ।
नयाँहरुबाट जनताले ठूलो भरोसा गरेको बुझिन्छ । रवि र बालेनको मिलनले धेरै युवा पुस्ता उनीहरुको समुहमा होमिने छाँट पनि देखिदैछ । कलाकारदेखि पुर्व सुरक्षा निकाय तथा सामाजिक अभियन्ताहरु पनि रवि र बालेनको टिममा मिसिन उत्साहित देखिदैछन । पूराना दलहरुको व्यवहारले आक्रोसित बनिरहको ठूलो जमात रवि र बालेनको टिममा जाने धेरैको अनुमान छ । तर रवि र बालेनले जसरी पदका लागि रस्साकस्सी गरेको देखियो त्यसले नयाँ पनि पूराना कै बाटोमा लागेको धेरैको बुझाइ छ । कसको वरियात के हुने ? को पहिला प्रधानमन्त्री हुने ? जस्ता विषयमा लामो समय छलफल हुनुले नयाँहरुले जनताको मुद्धालाई कसरी सम्बोधन गर्लान भन्ने धेरैको चासो छ । यता नयाँ दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अन्य दललाई गाली गरेका गरै छन । आफू भन्दा फरक दललाई गाली गर्नु आफू भन्दा अरुलाई नेता नै नमान्नु पूरानै दलको रोग हो । यो कुनै नौलो नयाँ हैन । एक अर्कालाई कटाक्ष गर्ने अभ्यास पूराना दलमा संस्थागत नै हुँदै गएको छ । आफ्ना पार्टीको एजेन्डा जनजिविकाको मुद्धा भन्दा पनि कसले के भन्यो ? कसले के बोल्यो ? कसलाई होच्याउने ? कसलाई उकास्ने ? जस्ता विषयहरुले सभा सम्मेलनहरुमा स्थान पाउने पुरानै अभ्यास हो । अहिले नयाँ दलका नेताहरुमा पनि त्यही अभ्यास सुरु भइसकेको छ । अरुलाई गाली गर्ने समयमा आफ्नो पार्टीको नीति आफ्नो पार्टीको विचार आफ्नो पार्टी सत्तामा पुग्दा लिने नीति गर्ने काम र विकासका योजनाहरु जनतालाई भन्ने हो भने पक्कै पनि जनताले नयाँहरुलाई चिन्ने मौका हुनेथियो । तर अहिलेको व्यवहारहरु हेर्दा त्यसतो देखिदैन । जेनजीका सवाल कहाँ छन । जनताका सवाल कहाँ छन ? भ्रष्ट्रचारलाई सुन्यमा झार्ने योजना कता छन ? अहिलेको शासकीय स्वरुपमा के परिमार्जन गर्नुपर्छ ? लगायतका सवालमा छलफल गर्ने बेलामा को प्रधानमन्त्री बन्ने भन्ने छलफलले प्रमुखता किन पाएको ? आफ्ना पार्टीको एजेन्डा भन्न नै समय कम भएको बेला अरुलाई कटाक्ष किन गर्ने अरुलाई गाली किन गर्ने ? अरुलाई गाली गरेर आफू गतिलो हुने अभ्यासले राजनीतिक सफलता नदिने पक्का छ । अरुको उछितो काटेर आफू स्थापित हुने अभ्यास आफ्नै लागि बलियो नबन्ने पूरानाहरुबाट सिक्षा नयाँले लिनु पर्ने हो । पूराना ठिक नभएको ठहर भएपछि नयाँहरुले त्यो भन्दा फरक हुनु नितान्त आवश्यक छ । राजनीति गर्नु र बुझनुमा निकै फरक सवाल हो भन्ने राजनैतिक विश्लेषकहरुको भनाइ छ । त्यसैले राजनीति गरेर बुझ्नु र बुझेर गर्नु निकै अन्तर हुन्छ । अहिले राजनीतिमा होमिएका धेरै पात्र जनताबाट परीक्षण भएकै पात्र छन । तर अबका दिनमा चाही धेरै विचार गरेर अरुलाई गाली नगरीकन पद र पार्टी भन्दा माथी मुलुक र जनताको मुद्धा हुनुपर्छ भन्ने मान्यताले अगाडी बढनुपर्ने छ ।



.jpg)
0 comment