काठमाडौं - सुडानको कालोकी सहरमा भएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु भएको छ ।
एक किंडरगार्टनलाई निशाना बनाएको उक्त आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार मर्नेहरुमा ३३ जना बालबालिका छन् ।
यो आक्रमण सुडानको डक्टर्स नेटवर्क र सेनाले अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर्याएका छन् ।आरएसएफले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । अप्रिल २०२३ देखि सुडानमा आरएसएफ र सेनाबीच सत्ता संघर्ष चलिरहेको छ ।



0 comment