काठमाडौं - मेलिसा आँधीका कारण आएको बाढीका कारण जमैकामा चार जनाको मृत्यु पुष्टि भएको छ भने हाइटीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
आँधी मंगलबार जमैकामा श्रेणी पाँचको रूपमा स्थलगत भएको थियो । जहाँ मानिसहरू अझै पनि छानामाथि फसेका छन् र विद्युत् आपूर्ति समेत अवरुद्ध छ।
जमैकाका प्रधानमन्त्री एन्ड्र्यु होल्नेसले पूर्ण ऊर्जा प्रयोग गरेर सशक्त पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्रीका अनुसार ब्ल्याक रिभर नामक सहर पूर्ण रूपमा ध्वस्त भएको छ । हरिकेन मेलिसा अहिले श्रेणी एकमा झरेको छ र यो आज राति बहामास पुग्दा पनि तीव्र हावा र मुसलधारे वर्षा ल्याउने अनुमान गरिएको छ। त्यसपछि यो बिहीबार बरमूडा तर्फ अगाडि बढ्ने बताईएको छ ।




0 comment