काठमाडौं - भारतको हैदराबादबाट बेंगलुरु गइरहेको यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौं यात्रु घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान तड्के आन्ध्र प्रदेशको कर्नूल जिल्लास्थित टेकरू नजिक दुर्घटना भएको हो। बसमा कुल ४२ जना यात्रु सवार थिए।

बीबीसी हिन्दीलेका अनुसार बस सुरुमा एक मोटरसाइकलसँग ठोक्किएपछि नियन्त्रण गुमाउँदै तेल ट्यांकरसँग ठोक्किएको थियो। त्यसपछि बसमा भीषण आगलागी भएको हो।

आगलागीपछि धेरै यात्रुहरू बसभित्रै फसेका कारण मृत्यु भएको बताइएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।