काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इजरायल र हमासले  गाजा बारेको शान्ति सम्झौताका पहिलो चरणमा सहमति गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा  उनले सबै बन्धकहरू चाँडै मुक्त गरिनेछन् र इजरायली सेना सहमति गरिएको रेखासम्म फिर्ता हुने लेखेका छन्।  

हमासले यो सम्झौता पुष्टि गरेको छ ।  तर इजरायलले साटासाटमा मुक्त गर्न लागेको कैदीहरूको अन्तिम सूची अझै प्राप्त नभएको एक प्यालेष्टेनी स्रोतले उल्लेख गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले यस सम्झौतालाई “इजरायलका लागि ठूलो दिन” भनेका छन् र उनले यसलाई अनुमोदन गर्न आज आफ्नो सरकारको बैठक बोलाउँदैनन् ।

इजरायली सरकारले यो सम्झौता अनुमोदन गरेपछि स्थानीय समय अनुसार स्थानीय समय अनुसार बिहीबार दिउँसो २ बजेबाट युद्धविराम लागू हुने एक वरिष्ठ प्यालेष्टेनी अधिकारीले बताएका छन् ।

यो सम्झौताबाट दुई वर्ष लामो युद्ध अन्त्य हुने आशा जागेको भएपनि  केही महत्वपूर्ण विवरणहरूमा भने अझै छलफल गर्न बाँकी रहेको छ ।

इजरायलले ७ अक्टोबर २०२३ मा भएको हमास-नेतृत्वको आक्रमणको प्रतिक्रियामा गाजामा सैन्य अभियान सुरु गरेको दुई वर्ष र दुई दिनपछि यो प्रगति इजिप्टमा भएको हो । उक्त आक्रमणमा करिब १ हजार २ सय  जनाको मृत्यु भएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यस बेलादेखि हालसम्म गाँजामा इजरायली सैन्य कारबाहीका कारण कम्तीमा ६७ हजार १८३ जना मारिएका छन् जसमा २० हजार १७९ बालबालिका रहेका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघका मानवतावादी प्रमुखले गाजाको शान्ति सम्झौताबारे सामाजिक सञ्जालमा "उत्तम समाचार" भन्दै प्रतिक्रिया दिएका छन् ।

बन्धकहरूलाई मुक्त गरौं र शीघ्र राहत सामग्री पुर्याऔं,” टम फ्लेचरले एक्समा लेखेका छन्।