म अहिले बुटवलमा बसेर अध्ययन गर्दै छु दशैं मनाउन वर्षमा एक चोटि घर जाने अवसर मिल्ने गर्दछ र हामी त्यो दिनको पर्खाइमा धेरै पहिले देखि नै उत्सुकताका साथ कुरी रहेका हुन्छौं । मेरो घर रुकुम पश्चिम त्रिवेणी गा. पा. १ कर्णाली प्रदेश हो ।

सामान्यतः कर्णाली प्रदेशको भौगोलिक अवस्था र त्यहाँ बस्ने मानिसको जनजीवनलाई हेर्ने हो भने कर्णाली प्राकृतिक रूपमा सुन्दर भएतापनि जीवन निर्वाह गर्न कठिन हुने गर्दछ भौगलिक विकटताको कारणले दैनिकी चलाउन निकै गार्हो रहेको छ । त्यसैमा पनि धर्म,संस्कृति, चालचलन रीतिरिवाजमा विविधतायुक्त रहेको छ । जसमा एकताको संदेश सङ्गै एकले अर्काको धर्म संस्कृतिलाई सम्मान गरेको देख्न सकिन्छ । 

भौगोलिक हिसाबले अत्यन्त सुन्दर यहाँका फरक जाती, धर्म, लिङ्ग, संस्कृत,भाषा आदिले गर्दा छुट्टै पहिचान बिश्वमा बनाउन सफल यस क्षेत्रका नागरिकले भने धेरै दुःख कष्ट सहेर जीवन निर्वाह गर्नु परेको छ । मेरो हजुर बुवाको पालामा बाटो यातायातको केही सुविधा थिएन रे ४-५ दिन लगाएर हिँडेर आवस्यक पर्ने समानहरु बोकेर ल्याउनु हुन्थ्यो रे अनि त्यसरी नै जीवन निर्वाह गर्नु भएको थियो रे तर हाम्रो पुस्ता सम्म आई पुग्दा देशले विकासको गति लियो धेरै आयोजनाहरु सम्पन्न भए केही हुँदै छन् र त्यस सङ्गै हाम्रो क्षेत्रसम्म पनि सडक विस्तार भयो र त्यसले त्यहाका नागरिकको जीवन सरल र सहज बनाउने अपेक्षा गरिएको थियो । जुन रुकुमको मुख्य सडक हो मध्यपहाडी लोकमार्ग यस सडक खण्ड नेपाल सरकारले यसलाई “राष्ट्रिय गौरवका आयोजना” (National Pride Projects) अन्तर्गत सन् 2007 (वि.सं. 2064 साल) बाट औपचारिक रूपमा सुरु गरेको हो । र यो सडक दुई दशक हुँदा सम्म पनि यसको स्तर उन्नतिकै काम चलेको छ र पूर्णता पाएको छैन यात्रा गर्दा राम्रो बाटो नहुँदा त्यस क्षेत्रबाट यात्रा गर्ने नागरिकलाई यति धेरै असुरक्षित र यति समस्या पूर्ण यात्रा गर्नुपर्छ त्यो लेखेर साध्य नै छैन । 

सामान्यतया यात्रा गर्दा मानिसले सहज महसूस र आरामदायी होस् भन्ने अपेक्षा लिएको हुन्छ । तर मेरो अनुभवमा त्यो रहेन एउटा त वर्षातको समय भएर होला बाटो निकै जोखिमपूर्ण छ । जहाँ कुन समयमा पहाडहरू फुट्छन् त्यसको कुनै टुंगो हुँदैन त्यहीँ जोखिमको बीचमा यात्रा गर्न पर्ने बाध्यता रहेको छ । यो एउटा समस्या हो यो भौगलिक विकटता सङ्गै प्राकृतिक प्रकोप सङ्ग जोडिन्छ । यसमा कसैलाई दोष दिन मिलेन तर त्यहाँको प्रमूख समस्या भनेको बाटो साघुरो , रोड पिच भनिएतापनि  आयोजना समयमा सम्पन्न नगर्नाले बाटोको अबस्था दर्दनाक छ अहिले सम्म पनि रोड स्तर उन्नति कै क्रममा छ जहाँ हिलो र खाल्डाहरुले गर्दा यात्रा असुरक्षित र असहज रहेको छ ।

सडक विस्तार भएको दुई दशक हुन लाग्दा पनि किन राम्रो सडक हुन सकेन भन्दा जोडिन्छन् यस सङ्ग सम्बन्धित जिम्मेवार व्यक्तिहरू र भौगलिक कारण सामान्यतया यहाँ पानी धेरै पर्ने भएकाले वर्षातको समयमा बाढी पहिरो आएर समस्या पारेको छ अर्को कुरा त्यो समस्यालाई मध्यनजर गरेर नागरिकको यात्रालाई सहजिकरण गर्ने र सुरक्षित गर्ने सम्बन्धी नीति निर्माण गर्ने, योजना बनाउने, वर्षात नआउँदै त्यस अनुरूप पूर्व तयारी गर्ने कुनै पनि त्यस्तो गरेको पाइँदैन समग्रमा दूरदर्शी नेताको अभावले गर्दा नागरिकले यस किसिमको समस्या भोग्नुको मुख्य कारण मानिन्छ ।

अर्को नेता सङ्गै जोडिएको कारण जति पनि विकास निर्माणका कामहरू वा सडक निर्माणका कामहरू छन् ती सबै ठेक्का पट्टा पार्टीका कार्यकर्ता र आफ्नाले लिने गर्दछन् त्यसो गर्नाले न नेताले त्यसको गुणस्तर जाँच गर्छ न समयमा काम सम्पन्न गर्यो की गर्न भनेर निगरानी गर्छ जसले गर्दा ठेकेदार मन लाग्दी गर्ने र गुणस्तरहिन काम गर्दा दिगो नहुने र त्यसले भविष्यमा ठूलो समस्या निम्त्याउने नागरिकले समस्या पाउने र राज्यको स्रोत साधन खेर जाने गरेको पाइन्छ । र यस्ता यावत कारणले गर्दा नागरिकले अकालमा ज्यान गुमाउन परेको छ।

कुनै बिरामीलाई जिल्ला बाहिर लगेर उपचार गराउन खोज्दा बाटोको समस्याले गर्दा समयमा नपुग्ने कारणले कत्तिको ज्यान समेत गएको प्रयाप्त उदाहरणहरु रहेका छन् । यी यावत कुराहरु बाट भन्न सकिन्छ की समृद्ध नेपाल सुखी नेपाली भन्ने नारामा मात्र सीमित भए समृद्ध भन्ने नागरिकले महसूस गर्न सकेको अवस्था छैन। 

अहिले सम्म सडक विस्तारको संदर्भमा मैले देशकै ठूला र गौरवको योजना मध्यकै एक मध्यपहाडी लोकमार्गको कुरा गरे अब जिल्ला भित्र कै रिङ्ग रोटहरु मध्य धेरै बजेट खर्च भइसकेको सिम्रुतु कालापोखरा सडक खण्डको बारेमा केही भन्न चाहान्छु किन भन्दा यो मेरो गाउँ जाने बाटो हो यस् सडकमा मैले भोगेका समस्या हरु धेरै छन् यस सडक खण्ड नाका खुलेको करीब एक दशक हुन लागिसकेको छ बजेट विनियोजनका हिसाबले कुरा गर्ने हो भने पनि यसको अनुमानित बजेटको आधा जति खर्च भइसकेको छ र हाल त्यस बाटोको अवस्था हेर्दा भक्कर ट्रयाक खुलेको जस्तो छ त्यसको स्तर उन्नतिको हिसाबमा डबल कटिङ्ग , नाला , आवश्यक ठाउँमा ग्राबल सम्म भइसकेको भन्ने केवल कागजमा मात्र सीमित छ बाटोको अवस्था दयनीय छ ठूला ठूला खाल्डा र पहिरो र चिप्लोले गर्दा गाडी गुड्न सक्ने अवस्था छैन तर पनि त्यही बाटोमा व्यवसायीले गाडी चलाउने गर्छन् र यात्रु गाडी चड्ने गर्छन् विशेष गरी जेष्ठ नागरिक, अपाङ्ग, बालबालिका लाई गाडी चड्नै पर्ने बाध्यता छ भौगलिक विकटताका कारण यो रोड राम्रो हुन सकेको छैन् तर यो सानो कारण हो मुख्य कारण यस ठाँउको राजनीति मुख्य कारण हो ।

शिक्षा, स्वास्थ्य, रोजार, ठेक्का देखि लिएर हरेक कुरामा कार्यकर्ता नै अग्रपंतिमा आउने र उनीहरूले अवसर पाउने र त्यसमा कुनै पनि निगनारी नहुने काम गर्ने व्यक्ति र निगरानी गर्ने व्यक्ति एउटै वा मिलेमतो भएको कारणले नागरिकले अपेक्षा अनुसारको सेवा सुविधा नपाएको र जस्को प्रत्यक्ष असर सर्वसाधारणलाई परेको छ आफ्नो ज्यान दाउँमा राखेर पनि यात्रा गर्नुपर्ने अवस्था छ । 

विकास क्रमिक रुपमा हुने कुरा हो कुनै नेताले घर बाट पैसा लिएर विकास गर्ने हैन तर अहिले सम्म आइपुग्दा सही नेतृत्व , सही ढङ्गले बजेटको खर्च भएको र गुणस्तर युक्त काम भएको भए हामी नागरिकले यो समस्या भोग्न पर्ने थिएन अहिले हाम्रो सडक सोचे भन्दा राम्रो हुने थियो । हरेक क्षेत्र राजनीतिको प्रभावले गर्दा विकासले गति लिनसकेको छैन । पारदर्शी र जबाफदेही जनप्रतिनिधि नभएको कारणले विगत देखि यस ठाँउका जनताले निराशा बाहेक केही पाएका छैनन् नेतृत्व परिवर्तन गरे पनि उही अवस्था भएकाले झन जनताको आक्रोस थप बढ्दै गएको छ । 

हामीले तिरेको कर वाफत हामीले पाउने सेवा सुबिधा पाइरहेका छौ की छैनौँ भन्ने कुरा एउटा जिम्मेवार नागरिकको हिसियतले त्यसको खोजी गर्नु पर्छ र आवाज उठाउनु पर्छ भन्ने मेरो मान्यता हो । सधैं मासू भातमा अमूल्य भोट बेचेर आफू सहित आफू पछिको पुस्ताको जीवन सङ्ग खेलबाट गर्न छुट कसैलाई छैन ।

हामीले प्रतिनिधि छनोट गर्दा कसले मासुभात दिन्छ भन्दा पनि कसले मेरो सन्तानको भविष्य यही देशमा सुनिश्चित गरिदिन्छ ? कसले नागरिकका आवश्यक्ता पूर्ति गर्न सक्छ ?  सोच विचार गरी दूरदर्शी नेता  छनोट गरे मात्र Blizzard अधिकार सुनिश्चित हुन्छ र देशले मुहार फेर्छ भन्ने मेरो बुझाइ हो ।

अन्तमा : यो मैले कुनै समस्या मात्र देखाएको हैन अब नागरिक सचेत हुन पर्छ ।

लेखक : ललित बुढा मगर, कानूनको विद्यार्थी । 

ठेगाना : कर्णाली प्रदेश, रुकुम