गोरखा:जिल्ला प्रहरी कार्यालय गोरखाको टोलिले
हत्यामा सलग्न ब्यक्तिहरुलाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नं ०७ रोटेपानी बस्ने बुद्धरत्न शाक्य र आमा रोहिनी शाक्यको छोरा बर्ष २४ को वोनस शाक्य ।
धार्चे गाउँपालिका वडा नं २ केरौजा घर भई हाल ऐ. गोरखा नगरपालिका वडा नं ८ बगैचा बस्ने सामवर गुरुङ र आमा विष्णु गुरुङको छोरा वर्ष २३ को मिङमर गुरुङ ।
सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङ बस्ने प्रतमान गुरुङ र आमा जमुना गुरुङको छोरा बर्ष २९ को होमराज गुरुङ ।
धार्चे गाउँपालिका वडा नं १ हुलचुक बस्ने सुकसिङ गुरुङ र आमा सन्त माया गुरुङको छोरा बर्ष २४ को सन्तोष गुरुङ रहेका छन।
गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ७ छिपीनीटोलमा रहेको गोरखा घर (दोहोरी) साँझ नजिक सडकमा वारपाक सुलिकोट गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३२ को सन्त वहादुर गुरुङलाई अज्ञात मानिसहरुको कुटपिट तथा ढुंगा समेतले टाउकोमा प्रहार गरी सख्त घाईते बनाई भागी फरार रहेको भन्ने सुचना प्राप्त भए पश्चात प्रहरी टोली घटनास्थलमा पुगी घाईतेलाई उपचारको लागी प्रदेश अस्पताल गोरखामा पुर्याइ उपचार गरेको र उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भई घरमा गएकोमा मिति २०८३।०२।२९ गते दिउँसो अचेत भई ढलेको थियो।
तत्काल उपचारको लागी प्रदेश अस्पताल गोरखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको घटना सम्बन्धमा यस कार्यालयबाट अनुसन्धानको सिलसिलामा निज घाइतेलाई ढुंगा समेत प्रहार गरी कुटपिट गरी घाईते बनाई हत्या गर्ने निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनु भयो।


0 comment