काठमाडौं - मकवानपुरको भीमफेदी चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी तीनवटा शव वाहनमार्फत उनीहरूको शव सर्लाही लगिएको अस्पतालले जनाएको छ।

गत बिहीबार भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाएका सबैको शव आफन्तले बुझेर अन्तिम संस्कारका लागि गृहजिल्ला लगेका हुन्। मृतकहरूको सामूहिक रूपमा एकै स्थानमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।