काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ।

 काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मधेश प्रदेश प्रहरी कार्यालय सरुवा भई जान लाग्नु भएका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी तथा  जिल्ला प्रहरी कार्यालत रुपन्देही सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक चन्द्र किशोर साह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ र  ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुर सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको “विदाई तथा फेरि भेटौला” कार्यक्रम सम्पन्न भएको छ ।