काठमाडौं - गाजा सिटी कब्जा गर्ने उद्देश्यसहित सुरु गरिएको ठूलो आक्रमण अन्तर्गत इस्रायली सेनाले भू-कारबाही सुरु भएको पुष्टि गरेसँगै हजारौं प्यालेष्टिनी परिवारहरुले शहर छाड्दैछन् ।

इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा सिटीमा शक्तिशाली कारबाही सुरु गरिएको बताएका छन् ।  जसलाई उनले हमासको अन्तिम ठूलो गढको रूपमा वर्णन गरेका छन्।

इजरायली सेनाले अल-रशीद तटीय सडकलाई सर्वसाधारणले विस्थापित हुन प्रयोग गर्न पाउने एक मात्र बाटो घोषणा गरेको छ। धेरैले त्यहाँ भीडभाड,लामो लाइन,लामो ढिलाइको अनुभव गरेका छन् जहाँ परिवारहरू सडक किनारमै अड्किएका छन् भने माथिबाट निरन्तर हवाई आक्रमण भइरहेको छ।

यस कारबाहीलाई संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख र जर्मन परराष्ट्रमन्त्री लगायत अन्तर्राष्ट्रिय समुदायबाट व्यापक निन्दा गरिएको छ।