काठमाडौं - चीनले भोटेकोसीमा राखेको ह्युमपाइप बाढीले बगाएको छ । नेपाल आउन भोटेकोसीमा बनाएको अस्थायी संरचनाका दुई वटा ह्युमपाइप गएरातिको बाढीले बगाएको हो । रसुवागढी नाकामा बाढीपहिरो आउने क्रम नरोकिँदा भोटेकोसीमा बेलिब्रिज निर्माणको काम अघि बढ्न सकेको छैन ।
नेपालतर्फको सडकको माथिल्लो भागबाट नितान्तै पहिरो आइरहेको छ । शनिबार बिहान सुख्खा पहिरो खसेका कारण टिमुरे–रसुवागढी खण्ड सडक अवरुद्ध भएको छ ।सीमानजिकै गएको सुख्खा पहिरोले आवतजावतमा झन् समस्या भएको छ ।
चीनले मितेरी पुलको आफ्नो भूभागमा बेलिब्रिजका लागि फाउन्डेसन तयार गरेको छ । तर नेपालतर्फको बेलिब्रिजको फाउन्डेसन पनि तयार भएको छैन ।
असारको बाढीले मितेरी पुल नै बगाएपछि नेपाल–चीनको स्थलमार्गबाट हुने आवतजावत ठप्प छ ।वर्षाले पहिरो जाने क्रम रोकिएको छैन भने भोटेकोसीमा बाढी आइरहेको छ ।


0 comment