सिंँचाईको कमी आकासको पानीमा भर पर्दा आज मधेशका कयौ हेक्टर जमिन सुख्खाले धाजा फाटेको छ । पानी नपरेपछि धान रोप्न नपाएका किसानको छटपटिलाई मत्थर गर्ने भन्दै प्रधानमन्त्री मन्त्रीको लर्को लागो स्थलगत अवलोकनमा तर त्यसको दृर्घकालिन अल्पकालिन समाधानको लागि काम भएको छैन । मधेशलाई देखाएर मधेशका जनताको समस्यालाई निराकरण गर्ने भन्दै राजनीतिमा उदाएका मधेशी दलहरु अहिले मधेश विरामी हुँदा किन मौन छन् । देशलाई खुवाउने धान उत्पादन हुने मधेशमा सुख्खा लागेर धान रोप्न नपाएका किसानको पीडालाई राज्यको उच्च तहमा बस्नहरुले किन अनदेखा गरिरहेका छन ? मधेशको सुख्खा मधेशको मात्रै समस्या होइन यो राष्ट्रको समस्या हो । मधेशमा उत्पादन नहुँदा त्यसको असर देशमा पर्छ । मधेशमा चामल नहुँदा आयातमा वृद्धि गर्नुपर्दछ जसले मुलुकको जिडिपीमा पनि असर गर्छ । मुलुकको जिडीपीमा कृषिको योगदान २५.१ प्रतिशत रहेको छ भने त्यसमा पनि धानको हिस्सा सबैभन्दा धेरै छ । यसमा राज्यसत्ताको ध्यान खोइ ? आयातमा वृद्धि हुँदा महङ्गी बढछ महङ्गी बढेपछि हुँदा खाने जनताको हातमुख जोडन निकै समस्या हुन्छ । यसमा राज्यको ध्यान हिजो पनि थिएन र आज पनि छैन । मधेशमा करिब १३ लाख टन धान उत्पादन हुँदै आएकोमा यो सुख्खाले गर्दा यो वर्षमा उत्पादनमा भारी गिरावट आई खाद्य सुरक्षामा नै धक्का लाग्ने पक्का छ ।
मधेशमा कुल ३ लाख ७३ हजार ६ सय ४५ हेक्टर जमिनमा धान खेती लगाइन्छ तर सुख्खाले गर्दा करिब १ लाख ९३ हजार हेक्टरमा मात्रै रोपाई भएको कृषि मन्त्रालयको तथ्याङकमा उल्लेख छ । यसले पनि मधेशमा यो वर्ष धान खेती न्युन भन्दा न्युन उत्पादन हुने पक्का छ । कृषिको विकास र आधुनिकीकरण गर्ने जहिलै पनि व्यवहारमा शुन्य छ । भाषणमा चाही धेरै सुन्ने गरिन्छ । कृषिको विकासको नाममा राज्यले कयौ अनुदान वितरण गरेका तथ्याङकहरु सार्वजनिक भैइसकेका छन । कृषि अनुदानका नाममा सत्ता र शक्तीको दुरुपयोग गरी अरबौ रकम वितरण भएको समाचारहरु छरपष्ट छन् । तर कृषिको विकास भने शुन्य छ । राज्य सत्ताको स्टेरिङ चलाउनेहरुको गराई र भनाइको व्यापक भिन्नता छ । भनाई एकातिर गराई अर्कातिर त्यही भएर किसानका समस्या कृषिका समस्या जहाको त्यही छन । मुलुकमा रहेका तीन तहका सरकारले मधेश विरामी भएको पत्तै पाएनन । काठमाडौंबाट समाजबादको ढोल पिटेर के गर्नु आकासबाट पानी नपर्दा मधेशले धान रोप्न पाउदैन । मल विउ नपाएर किसानको रुवावासी हुन्छ राज्य सत्ता कानमा तेल हालेर बस्छ । समाजवादले धरातल हेर भन्छ । आफ्नै पसिना र श्रमले उब्जाएको उत्पादनमा निर्भर हुने मार्गलाई समाजवादले पछयाउँछ । खेत जोतेर पसिना बगाएको धरातल समाजवाद भन्ने गरिन्छ ।
पहिला आप्mनो जमिनको उत्पादन बढाउ । भूइमा निहुरेर जल जमिन र जनश्क्तीको व्यवस्थापन गरेर उत्पादनमा आधीवेहरी ल्याउ अनि समाजबादको मार्ग तयार हुन्छ आफ्नै उत्पादनले दुनियालाई चखाउदा चखाउदै धनी भएको पत्तै हुदैन त्यही समाजवादको मात्रै हँुदा खाने र हुनेखानेको दुरी कम गर्छ । यही हो समाजवादको मार्ग । तर यहाँँ त जलको सदुपयोग छैन जमिन बाँझै छन जनशक्ती पलायन तिब्र छ अनि कसरी हुन्छ उत्पादनमा वृद्धि किसानको समृद्धि र चामलमा आत्मनिर्भर । कम्तीमा राज्यसत्तामा बस्नेहरुले समयमा सोच्नुपर्ने कुरा थियो की मधेशमा सुख्खा हुने सम्भावित जिल्ला क्षेत्र कुन कुन हुन ? त्यस क्षेत्रमा सुख्खा भयो भने त्यसको विकल्प के हुन सक्छ भन्ने तर्फ । तर राज्य सत्ताले यस सवालमा पूरा अनदेखा गरेको छ जुन कुराले किसानलाई थप पिडा दिएको छ । जुन जोगी आए पनि कानै चिरिएको भने झै भएको छ अहिले मधेशमा ।
मधेश केन्द्रित राजनीति गर्ने दल हुन या अन्य कोही कसैले पनि मधेशको सुख्खा क्षेत्रको भयावह अवस्थालाई बुझन नसक्दा आज मधेश विरामीको अवस्थामा पुगेर कयौ किसानहरुलाई डिप्रेसनमा पुर्याएको छ । जबसम्म यो राज्यसत्ताले जल जमिन र जनशक्तीमा लगानी गर्न कन्जुस्याइ गर्छ उत्पादनमा बेवास्ता गर्छ र किसानका समस्यालाई ध्यानमा राख्दैन भने तबसम्म यो समस्या अल्पकालिन मात्रै होइन दृघकालिन रहनेमा कुनै दुविधा नै छैन । सत्तामा बस्नेहरुलाई सत्ताको चोचोमोचो मिलाउनमै समय छैन सत्ता बाहिर रहनेहरुलाई आफैभित्रको रडाको व्यवस्थापनमा समय कम छ भने किसान र कृषिका कुरा ओझेलमा छन ।


.jpg)
0 comment