नेकपा एमालेभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पलाएको मोहले एमाले गरमाएको छ । विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिभित्र समाहित भएपछि बाम एकता हुने र कम्युनिष्टहरुको समुह एक भएर अगाडी बढने विश्वास गरिदैछ । विद्यादेवी भण्डारीको सक्रियातामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओली खुशी छैनन । भण्डारी राजनीतिमा आउनु नैतिकता विर्सिनु र राष्ट्रपतिको गरिमा मर्यादालाई कायम राख्न नसक्नु हो भन्दै भण्डारीलाई राजनीतिको बाटो छेक्ने प्रयत्नमा ओली देखिदैछन । यदि भण्डारी राजनीतिमा आएमा आफैलाई विस्थापित गर्ने भित्री आसंका भय ओलीमा झल्किदैछ । हुन तर विश्वको राजनीतिक अभ्यासलाई हेर्ने हो भने राष्ट्रपति भइसकेका वा देशको उच्च तहमा बसेर काम गरिसकेका व्यक्तीहरु पुनः राजनीतिमा वा आफ्नो पेशा व्यवसायमा फर्किएका थुर्पै उदाहरण जिउदै छन । एमालेमा विद्यादेवी भण्डारी राजनीतिमा आउनु कुनै नौलो र अचम्मको सवाल हैन ।

राजनीतिबाट नै दिक्षित भएर मुलुकको गरिमामय पदमा आनुभव बटुलेकी भण्डारी पुन सक्रिय हुनु स्वभाविक नै हो । तर उनी सक्रिय हुँदै गर्दा एमालेले देश र जनताको लागि फरक भिजन के दिन्छ अथवा जनताको अवस्था बदल्ने अहिलेको भन्दा फरक योजना एमालेसँग के हुन्छ ? यो मुख्य विषय हो र जनताको अपेक्षा पनि यही हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको जनपक्षीय जनस्तरका समस्या बोल्ने आवाजहरुलाई बुझ्न नसक्दा आज एमालेप्रतिको वितृष्णा जनततमा बढीहरको विश्लेषण गर्नेहरु पनि छन । पार्टीमा त्याग गरेका पाटीभित्रको लोकतन्त्रलाई मजबुद बनाउने पार्टीलाई जनधारमा विश्वास गर्नेगरी काम गरीरहेका एमालेको जवजलाई आत्मसाथ गर्ने नेताहरु एमालेबाट पाखा लगाइएको धेरैको बुझाई छ । पाटीमा अझै ओली युग आवश्यक भन्दै पार्टीभित्रैबाट आवाज उठाउनेहरुको कमी छैन । एमालेमा ओलीको विकल्प नदेख्नेहरुका लागि विद्यादेवी भण्डारीको सक्रिय आगमनलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले एक अन्तरवार्तामा भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था नभएको प्रष्ट पारिसकेका छन । धेरैको बुझाई थियो ओलीले नै भण्डारीलाई राजनीतिमा ल्याएर विस्तारै नेतृत्व हस्तान्तरण गर्ने र आफू संरक्षक भएर बस्छन भन्ने थियो । ओलीकै योजनामा भण्डारीको सक्रियता बढेको भन्ने बुझाई अन्तत गलत सावित भएको छ ।

अहिले ओली विस्थापितको कालो बादल मडारिन थालेपछि जसरी हुन्छ भण्डारी छेक्ने अभियानमा ओलीको ध्यान देखिन्छ । यसले एमालेभित्र व्यापक धुव्रीकरणको जगजगी हुदैछ । भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेट गरी आफू सक्रिय राजनीतिमा आएको नैतिक समर्थंन गर्न आग्रह गरेकी छन । यसले पनि के देखाउछ भने भण्डारी जसरी पनि एमाले राजनीतिमा सक्रिय भएर नेतृत्व सम्महाल्ने दाउमा देखिन्छीन भने ओली अझै केही वर्ष पार्टी आफ्नै कब्जामा राख्ने सोचमा छन । एमालेको नेतृत्वको उमेर हद ७० वर्षे विधानबाट हटाउन खोजिदैछ भने २ कार्यकाल पनि हट्यो भने स्वत ओलीलाई नेतृत्व नछोडने बाटो सहज हुने देखिन्छ । पार्टीमा होस या सरकारमा ओलीको चाल सहजै पत्ता लाग्न कठिन छ । नेतृत्वमाथी प्रश्न गर्दा एमालेका घनश्याम भुषालहरु भीम रावलहरु पाखा लगाइकै हुन । पार्टीले आन्तरिक लोकतन्त्रको बाटो विराएको आसेपासेलाई अवसर दिएको क्षमता र त्याग नदेखेको भनेर नेतृत्वमाथी आलोचना गर्दा पार्टीबाट कारवाहीमा परेका पारिएकाहरु छदैछन । एमालेको एक धारले नेतृत्वमाथी निकै खैलावैला मच्चाइरहेको छ भने अर्को धार यही नेतृत्वबाट नै पार्टीले राजनीतिक कोर्ष करेक्सन गरी अहिलेको व्यवस्था टिकाउनु पर्ने र मुलुकलाई समृद्धिको यात्रामा अगाडी लैजान अगुवाइ गर्नेपर्ने बताइरहेको छ । एकहिसावले ओलीको एकछत्र निर्णय अडरबाट अगाडी दौडिरहेको एमालेको रथलाई भण्डारीको आगमनले आसिंक अवरोध गरेको त छनै ओलीको छटपटी पनि उच्च विन्दुमा पुगेको छ । ओलीलाई अर्को एउटा काम थपियो की अब कसरी भण्डारी अभियानलाई बार लगाउने र अझै केही समय ओली विनाको एमाले सोच्न बन्द गरिदिने । पार्टी जिवनमा ओली विद्या अथवा इश्वर विष्णु जो आए पनि गए पनि त्यसले फरक पार्दैन र त्यो हाइलाइट हुने सवाल पनि हैन तर कसको नेतृत्वमा पार्टी जिवनले मुलुक र जनताको हितमा समृद्धीको यात्रा तय गर्यो त्यो महत्वपूर्ण सवाल हो । नेपाली राजनीतिक पार्टीभित्र आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरण नयाँ विचार भिजन दुरदर्शीता लगायतका सवालमा ख्याल गर्न छोडिएको छ ।

नेतृत्व जती नै असफल भएपनि त्यसको विकल्प पार्टीमा सोच्ने अभ्यास नेपाली राजनीतिमा निकै कम छ । पार्टीमा केही व्यक्तीहरुको बर्चस्सो हावी हुँदा क्षमतावान दुरदर्शी विचार र भावनाहरु पाखा पर्ने पारिने अभ्यास राजनीतिमा तिब्र छ । एमालेभित्रको लोकतन्त्र हेर्दा पनि ओलीको हैकम र आदेश भन्दा पर भएर पार्टीले निर्णय गर्ने कुरा ओली नेतृत्वमा छैन भन्ने गरिन्छ । एमालेभित्रको निकट धुव्रीकरणले पार्टी जिवनमा निकै धक्का लाग्ने विश्लेषण पनि गर्न थालिएको छ । किनभने ओली र भण्डारीको तानातानमा पार्टीले आगामी योजना र दिशा कसरी लिन्छ ? के ओलीले सहजै भण्डारीलाई पार्टीमा स्वीकार गर्लान र ? यदी ओलीले भण्डारीलाई पार्टीमा स्वीकार गरिहाले भने पनि के नेतृत्व छोडन तयार होलान त ? धेरै टाढा नै जानु पर्दैन । 


अध्यक्षको प्रत्यासी हुँदा पार्टीबाट नै किनारा लगाइएका भीम रावलहरुको पीडा सेलाएको छ्रैन । यस्तो भुमरीभित्र आएर पार्टीमा सक्रिय भएर काम गर्छु भन्ने विद्यादेवीको आगामी योजना कस्ता छन ? पार्टी जीवनमा ओली विनाको एमाले दौडाउने भिजन विचार मार्ग विद्यासँग कस्ता छन ? के नेतृत्व हत्याउन कै लागि मात्रै सक्रियता हो की ? पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै युवाहरुको जोस जागरको सदुपयोग गर्दै पार्टीलाई एक अब्बल कम्युनिष्ट धारमा सञ्चालन गरी जवजको सपना पूरा गर्ने पनि योजना छन ? वर्तमान परिदृष्यलाई हेर्दा ओली सहितको एमालेभित्र विकल्पको सोंच बनाएर सक्रियता बढाउनु त्यती सहज अभ्यास भने देखिएको छैन ।