काल्र्सरुहको दरवार र शहरको भित्रिभाग अवलोकन गरिसकेर मित्र मोनिका क्लेम्स्टाइनसंग स्पायर फर्कदा वेलुकी भइसकेको थियो । भोलिपल्टवाट म आफनो पढाइ तर्फनै ध्यान केन्द्रित गर्न लागे । त्यसै विच जर्मन फुटवल लिग जस्लाइ बुण्डेसलिग भन्छन त्यसको एक म्याच हाम्रो विश्वविद्यालय रहेको स्पायर शहरको नजिकैको अर्को शहर काइजर्सलाउटेर्नको रंगशालामा हुने भन्ने खवर मेरो गेष्ट फेमेली भाल्टर र एडिट स्वाच्र्जबाट थाहा हुन आयो । उनीहरुले मलाई सो फुटवल म्याच हेर्न जाने की भनेर सोधे । यूरोपको अन्तराष्ट्रिय रंगशाला कस्तो हुन्छ भन्ने नदेखेको हुंदा मैले जाने स्विकृति जनाए । त्यस्को साथै त्यहाको अवलोकन योग्य स्थलहरु पनि देखाइदिन मैले उनीहरुलाई अनुरोध गरे वमोजिम सन १९९० को मार्च महिनाको पहिलो आइतवार विहानै हामी त्यतातिर लाग्यौ । स्पायरबाट करिव ८३ किलोमिटर पश्चिमतर्फअवस्थित काइजर्सलाउटेर्न  पुग्न  हामीलाई भाल्टरको मिनी भ्यान चढेर जादा जम्मा १ घण्टा लागेको थियो । स्पायरमा नै व्रेकफाष्ट गरेर हिडेको हुदा हामी त्यहा विहानै १०ः३० मा पुगिसकेका थियौ ।  फुटवल घरेलु टिम काइजर्सलाउटेर्न र वायर्न विचको थियो । फुटवल दिनको तिन वजे शुरु हुने हुंदा हामीले पहिले त्यहाको दर्शनियस्थलहरु अवलोकन गर्न तर्फ लाग्यौ । जस्मा वुर्ग होहेनेक्कन, र मार्टिनप्लाच्ज (मार्टिनस्क्वायर) र मेरियन चर्चहरु पर्दा रहेछन ।   
वुर्ग होहेनेक्कन
यो वुर्ग होहेनेक्कन भग्नावशेषको रुपमा रहेको दरवार सहितको किल्ला रहेछ । फाल्च्जको समथर भूमीको ३६३ मिटर माथिको डाडामा अवस्थित यो किल्लाको निर्माण कहिले भयो भन्ने कुराको प्रामाणिक तथ्य थाहा नभएतापनि सन १२०० तिर यो वनिसकेको मानिदो रहेछ । १३ औ शताब्दि सम्म यो किल्ला लाउटर्नका राइनहार्ड वंशजहरुको अधिनमा भएतापनि शताब्दिको शुरु सन १२१४ मा यो किल्लाको संरक्षकत्व तत्कालिन राजाले फ्रेडरिक द्धितियले रामस्टाइन मिसनवाखलाई दिएका रहेछन्् । त्यसैवेला देखि यो किल्ला सहितको दरवार जजस्को अधिनमा गयो उस्लाई फोन होहेनेक्कनको उपाधीले वोलाइने चलन वसेको रहेछ । पछि यो किल्ला सहितको दरवार काइजर्सलाउटेर्न शहरकै सम्पत्ती वन्न पुगेको रहेछ । सन १५२५ मा भएको किसान आन्दोलन ताका विद्र्रोही किसानहरुले यो किल्लालाई आफनो कब्जामा लिएपछि यो धमाधम भग्नावशेषमा परिणत हुन शुरु भएको रहेछ । पछि १६६८ मा फाल्च्ज समतल भूमीका इलेक्टर चाल्र्स प्रथमले आफनो कब्जामा लिएपछि यस किल्लाको केही भाग भत्काएका रहेछन् र फाल्च्जको उत्तराधिकारी को हुने विवाद चर्की त्यस्को कारण भएको युध्दताका फ्रेन्च सैनिकहरुले यस किल्ला र दरवारमा बम आक्रमण गरी  पुरै भग्नावशेष वनाइदिएका रहेछन र त्यसवेला देखिने यो किल्ला सहितको दरवार त्यही रुपमा रहिरहेको रहेछ । यो किल्ला सहितको दरवारमा करिव ४५ मिनेट सम्म रही भग्नावशेष अवलोकन गरेपछि हामी मार्टिनप्लाच्ज (मार्टिनस्क्वायर) अवलोकन गर्न तर्फ लाग्यौ । 

 

मार्टिन स्क्वायर
यो स्क्वायर काइजर्सलाउटर्न शहरको पुरानो खण्डको केन्द्रविन्दुमा अवस्थित रहेछ । स्क्वायरको पूर्व तिर ब्यापारिक घरहरु र मध्यकाल देखिनै गरिने अन्न भण्डारन        (गोदाम) हरु रहेछन् । यहि वाट शहरको मुख्य बजार शुरु हुदो रहेछ । यस स्क्वायरको नाम मार्टिन भनेर यस शहरले आफनो स्थापनाको ७०० वर्षगाठ मनाउदा नामाकरण गरेको रहेछ । यस स्क्वायरको मुख्य विशेषता भनेका ब्यापारिक वास्तुशैलीका घर र अन्नका गोदामहरुनै रहेछन् । स्क्वायरको विचमा रुखकटुसको वृक्ष मुनी सानो तर अति सुन्दर र कलात्मक पानीको फोहरा पनि रहेछ । यस स्क्वायरको पुर्वि खण्डलाई अन्न वजार (कर्न माक्र्ट) भनिदो रहेछ । वुर्ग होहेनेक्कन र मार्टिन स्क्वायर अवलोकन गरिसक्दा दिनको १२ः३० भएको थियो र तत्पश्चात हामी दिउसोको खाना खान कर्न माक्र्टमै रहेको एक रेष्टोरांमा छिर्यौ र फुटवल म्याच हेरी बेलुका स्पायर फक्र्यौ ।