बहुदलीय व्यवस्था आएपछि नेपालको कायापलट हुने भन्दै प्रतिवन्धित राजनीतिक दलहरुले के विद्यार्थी के शिक्षक के कर्मचारी सबैलाई आन्दोलनमा होमे । यसप्रकार ३० वर्षे निरंकूश भनिएको पंचायती ब्यवस्था ढल्यो २०४६ सालमा । यी प्रतिवन्धित दलहरुलाई कसले आन्दोलनमा होमेको रहेछ भन्ने कुरा जनताले बल्ल थाहापाए जब ११६ राष्ट्रले मानेको शान्ती क्षेत्रको प्रस्ताव रद्धीको टोकरीमा फालियो अनि भनियो नेपालका सबै नदिहरु साझा हुन । यसैको आधारमा महाकाली बेचियो १ खर्ब २० अर्वको ललिपप देखाइयो नेपाली जनताले राम्रै चित्त बुझाए । बैधानिक रुपबाट नेपाललाई सिक्किम बनाउने नागरिकता विधेयकमा जब संवैधानिक राजाले लालमोहर ठोक्न मानेनन तब फेरी गणतन्त्रको नयाँ ललिपप जनतालाई देखाएर तथाकथित माओवादी जनयुद्धको विजारोपण भयो । १२ बँुदे शान्ति सम्झौताले जनयुद्धको बैठान गरेसंगै आएको गणतन्त्रले ६० लाख भारतीयहरुलाई नेपाली नागरिकता दिलायो । अब उनीहरु मधेश स्वतन्त्र हुनुपर्यो नेपालबाट भनेर आन्दोलन गर्ने चरणमा आइपुगेका छन । आर्थिक रुपले नभन्दै देशले कायापलट गर्यो । हरेक नेपालीको टाउको जन्मने वित्तिकै ऋणरुपी सुनको जरीभएको १ लाखको टोपीले सजियो । धमिजाकाण्डबाट शुरु भएको कमाउको धन्दा नक्कली भुटानी काण्डसम्म आइपुग्दा गणतान्त्रिक नेताहरु नवधनाढ्य बन्न पुगे । उनीहरुले कमाएको सम्पत्तीको स्रोत देखाउन नपर्ने भयो । परोस पनि कसरी स्रोत देखाउ भन्ने कोहि निस्कने किनकी पालैपालो सत्ताको राज गरी देश लुटने उनीहरु नै भएपछि । जवजव जनताको सोच भ्रष्टाचार विरोधी हुन्छ र उनीहरु नयाँ आन्दोलन गर्न तम्सिन्छन तब नयाँ ब्राण्डको ललिपप उनीहरुको अगाडि फालिन्छ अनि उनीहरु त्यसैको गुलियोमा रमाएर बस्दिन्छन अनि भइहाल्यो नी खेलखतम ।
अहिले २०४७ साल पछिका सबैदल भ्रष्टाचारी, सबैदल राष्ट्रघाती, सबैदल असक्षम र सबैदल सुविधाभोगी राज्यको दोहन गर्ने भनेर प्रमाणित भएको अवस्था हो । त्यही कारण बेमौसमको बाजा बज्न थालेको छ । हिन्दुअधिराज्यको पुनरस्थापनाको । अधिराज्य भन्ने वित्तिकै राजसंस्था आइ नै हाल्यो, भन्नै परेन । बालेन, गोपी, हर्कहरुले चुनाव जित्दा अव भने जनता ललिपपको गुलियोमा भुल्न बिस्तारै छोडन थालेछन भनेको त के हुन्थ्यो र त्यसपछिको बिद्यार्थी यूनियन अनि उपचुनावको नतिजा हेर्दा नेपाली जनताको घैटोमा घाम लाग्न अझ कति कुर्नुपर्ने हो केहि थाहा छै्रन । देश भन्ने नै नरहेपछि मात्रै जनताको घैटोमा घामलाग्ने हो भने सिक्किमे जनताले जस्तै त्यो घामको तातो वा न्यानो महशुस गर्न अव धेरै नकुर्नुपर्ला की ।
साचिक्कै देशभक्त, सादगी, सक्षम र पारदर्शी नेताको खोजी भइरहेको अहिलेको सन्दर्भबाट नेपाली जनताको ध्यान अन्तै तिर मोडन अहिले ओली र विद्याको नक्कली झगडाको नाटक एमालेले अनि शेखर र देउवाको अर्को नाटक कांग्रेसले नेपाली जनताको माझ मंचन गरिरहेको छ । अव विद्या राजनीतिमा आउदा र सेरलाई शेखर विस्थापन गर्ने वित्तिकै समृद्धि आइहाल्छ भनेर नयाँब्राण्डको ललिपप देखाउने कार्यको शुरुवात हुनुले फेरि पनि देशले साच्चिकै निकाश पाउला भनेर नसाँेचे हुन्छ । यी पात्र र प्रवृत्ति २०४६ साल पछिकै हुन यिनीहरुले जनतालाई उहि ललिपप देखाएर भुलाउने मात्रै हो । बजारमा नयाँ ब्राण्डको ललिपप आएको छ त्यसमा भुलेर नवसौं ।



2 comments
Ram Sharan Rimal शुक्रबार, २७ असार, २०८२
Sandarbhik
Dr. Raju Chitrakar मंगलबार, ६ साउन, २०८२
It is right observation of the self and party oriented as well as foreign stakeholders guided Nepalese politics after 2047 BS.