काठमाडौं - इजरायलका रक्षा मन्त्रीले इस्लामिक गणतन्त्रसँग लामो द्वन्द्वको चेतावनी दिएपछि तेहरानले आफ्नो आणविक कार्यक्रमबारेको वार्ता पुनः सुरु नगर्ने जनाएको छ।

इजरायली समकक्षी ऐयाल ज़ामीरले भिडियो सन्देशमा आफ्नो देश लामो अभियानका लागि तयार रहनु पर्ने र कठिन दिनहरू आउँदैछन् भनी बोलेका थिए ।

अब्बास अरागचीले जिनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गर्दा उनीहरूले इरानलाई आफ्नो आणविक विषयमा अमेरिकासँग कूटनीतिक प्रयास पुनर्जीवित गर्न आग्रह गरेका छन्।

इरानले  इजरायलतर्फ मिसाइल प्रहार गरेको भन्दै इजरायली सेनाले इरानी मिसाइल भण्डारण तथा प्रक्षेपण संरचनामाथि नयाँ हमला गरेको बताएको छ ।

इजरायलको तेल अवीव नजिकै विस्फोटको आवाज सुनिएको र इजरायलको केन्द्रीय क्षेत्रमा एक भवनमा आगो लागेको समाचार छ ।

इरानी विदेशमन्त्री अरागचीले भने इजरायलको आक्रमण रोकिएपछि मात्र इरान कूटनीति विचार गर्न तैयार हुन्छ।

उनले जोड दिए कि इरानको आणविक कार्यक्रम शान्तिपूर्ण छ। इजरायलका आक्रमणहरूले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेका छन्। इरानले आफ्नो वैध आत्म‑रक्षा अधिकार प्रयोग गर्ने बताएका छन् ।

इरानका सुरक्षा‑क्षमता कुनै हालतमा बार्गेनिङ्ग हुँदैनन् उनले स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग सम्भावित अमेरिकी हवाई आक्रमणको विषयमा  निर्णय लिन अधिकतम दुई हप्ता समय रहेको बताएपनि बिहीबार तोकेको १४‑दिने समयसीमाभन्दा पहिले नै आफू निर्णय लिन सक्ने संकेत दिए दिएका छन् ।

ट्रम्पले पत्रकारहरुलाई भने कि "म उनीहरूलाई एक अवधी दिइरहेको छु र दुई हप्ता अधिकतम हुनेछ ।"


अमेरिकि राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री अरागची र बेलायत,फ्रान्स,जर्मनी तथा युरोपेली सङ्घका विदेशमन्त्रीहरूबीच भएका वार्तालाई  तिरस्कार गर्दै भने इरानले युरोपसँग कुरा गर्न चाहँदैन। उनीहरू हामीसँग कुरा गर्न चाहन्छन्। युरोपले यसमा सहयोग गर्न सक्दैन।