मैले भोगिरहेको समाजले एक थरीलाई उच्च तप्काको दर्जा दिएको छ भने अर्को थरीलाई तल्लो तहको गर्दा अथवा समाजको पीधमा राखेर दलनमा चोबलिरहेको छ । दलित समुदायाथिको जातिय दलन सदियौ देखि यो समाजले बोकिरहेको छ । पुरातनवादी जात व्यवस्थाभित्र रुमलिएर जातिय विभेद समाजिक अभ्यासमा जिवित छ । कयौ अन्तरजातीय प्रेमहरु जातकै कारण निमोठिएका छन । अन्तरजातिय प्रेममाथी राज्यकै दमन अत्यास लाग्दो छ । मान्छेले बसाएको नियम मान्छेबाट अन्त्य हुनुपर्ने हो जातिय विभेद तर त्यसतो भएको छैन । चलचित्र बसन्त हेर्ने मौका मिल्यो । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रकाशले बोले भनेर सामाजिक सञ्जाल लगायतका माध्यमबाट प्रकाश सपुतलाई गाली गर्नेहरुको भिड थियो किन की प्रकाश पनि दलित नै हुन । दलित भएकै कारण प्रकाश सपुतहरु आफै विभेदमा पर्छन पारिन्छन आजको हामीले भोगेको समाजको कथा यही हो । जुन कथाको अन्त्य हुनका लागि कति पुस्ता पर्खिनु पर्ने हो ? त्यसको हिसाव कतै छैन । 

गायक सर्जक प्रकाश सपुतद्धारा लिखित तथा निर्देशित चलचित्र बसन्त ले समाजमा रुमालिरहेको जात व्यवस्थाभित्र दलित समुदायमाथीको जातिय दलनको अत्याचारलाई चिरफार गर्ने प्रयास गरेका छन । विशेष गरी प्रकाश सपुतका सिर्जनाहरुमा केही न केही नयाँ पन देखिन्छ । उनले आफ्ना सिर्जनाहरुमा दलित समुदायमाथीको दलनलाई चिर्नु पर्ने जातिय विभेदजन्य अभ्यासको निराकरण हुनुपर्दछ भन्ने सन्देश दिने गरेका छन् । हुन त प्रकाश सपुतका सिर्जनामाथी विरोधहरु पनि त्यत्तिकै हुने गरेका छन । तर उनका सिर्जनाले जातिय विभेद विरुद्ध प्रहार गर्ने गरेका तथ्यहरु निकै छन । 

चलचित्र बसन्त पनि यस्तै सन्देश बोकेको एक विभेद विरुद्धको विद्रोही चलचित्र हो । समाजले पचाउन नसकेको सपना र प्रेमको अन्तरजातिय सम्बन्धमा कुन तहको भ्रमले न्यायले ओझेलमा पार्दैछ ? अन्तरजातीय प्रेमको क्रान्तिले जातीय विभेदलाई कसरी अन्त्य गर्छ ? सामाजिक प्रतिष्ठालाई अन्तरजातिय प्रेमसँग जोडदा दलित समुदायमाथीको जातिय ज्यादती कुन हदसम्म निर्दयी हुन्छ भन्ने सवाललाई विर्सन हुन्न । के समाजले सधै हार्न बाध्य पार्ने की विभेदको धमिलो चिर्ने हिम्मत दिने ? प्रश्नहरु चलचित्र हेर्दा मनमा आइरहन्छन । हामी बाचेको समाजले डाइजेस नगरेका थुप्रै कुरिति कुसंस्कारको विरुद्धमा बसन्त चलचित्रले चोटिलो प्रहार गर्न खोजेको महसुस हुन्छ । 

विशेष गरी सान्ति शर्मा भूमिकाले अलिक झस्काएको छ । शान्तिले धर्ममा विभेद नै छैन तर मान्छेले विभेद गर्छन, यसले शास्त्रको आडमा मौलाइरहेको जातिय विभेदलाई अनदेखा गरेको छ । सामाजिक अभ्यासमा जब्बर जात व्यवस्थालाई उखेल्ने साहित्यीक क्रान्तीको झिल्को बसन्तले सल्काउने प्रयत्नमा छ । हामी बाचेको समाजमा भइरहेको जातिय दलनको अन्त्यमा बन्दुकबाट निस्केको क्रान्ति भन्दा पनि साहित्यमार्फत कलमको माध्यमले निस्केको क्रान्ति दिगो हुन्छ । 

जात व्यवस्थालाई उखेल्न उच्च जातीले दिएको साथ निकै सकरात्मक पक्ष हो । सबै गैर दलितले दलितलाई दमन गर्छन भन्ने होइन । केही यस्ता सहयोगी पनि हुन्छ गैर दलितहरु पनि जात व्यवस्थाभित्रको विभेदजन्य व्यवहारका विरुद्धमा समाजमा भुमिका खेलिरहेका हुन्छन । हिजोको पुस्ताले बाचेको समाज र आजको पुस्ताले बाचिरहेको समाजमा निकै अन्तर छ । भोलीको पुस्ताले बाच्ने समाजमा झन भिन्नता हुन सक्छ तर वर्तमानमा बाचेको समाजका कुरितिजन्य अभ्यासलाई जरैदेखि उखेल्ने सपना देख्नु चाही दुरगामी भिजन हो । समाजको अभ्यासमा जिवित जात व्यवस्थालाई उखेल्न यस्तै दुरगामी भिजन भएको नेताको आवश्यक छ समाजमा । 

समाजमा जिवित रहेका अन्य कुरितिहरु महिनावारी बार्नुपर्ने पुरातन सोच र चिन्तनलाई पनि प्रहार गर्नु राम्रो हो तर छाउपडी जस्तो धार्मिक विश्वासको अन्धकारले कयौ किशोरीहरु महिलाहरु बालिकाहरुको ज्यान गइरहेको यही समाजको तितो अभ्यास हो । त्यसैले सामाजिक कुरिति हटाउने प्रयास सिंगो कलेक्टीभ इफोर्ड जहिलै आवश्यक हुन्छ । 
समाजिक क्षेत्रमा गैर सरकारी संस्थाले सामाजिक चेतनाका लागि निकै ठूलो भूमिका खेलेको छ । राज्यको उपस्थिती अभावमा आफ्नो अधिकार कसरी पहिचान गर्ने ? दलितमाथीको दलनबाट कसरी माथि निस्कीने ? दलितमाथी भइरहेको जातीय विभेदलाई कसरी अन्त्य गर्ने ? यी र यसता सवालमा वहसको आवश्यकता छ । तर प्रकाशले गैर सरकारी संस्थाको भुमिकामाथी प्रश्न गरेका छन ? सामाजिक चेतनालाई खदिलो बनाउन गैर सरकारी संस्थाको सकरात्मक छ भन्नलाई प्रकाश सपुत डराएका छन । 

आज खुलेर विभेदका विरुद्धमा आवाज निकाल्नु यही सामाजिक संस्थाहरुको भुमिका कै कारणलाई अनदेखा गर्न सकिन्न । हाम्रा जिजु वाजेहरुले विभेदको विरोधमा आवाज दिनु अपराध ठाने । आफूमाथी भएको चरम जातिय विभेद सहनु नै मुखियालाई खुशी पार्नु नै आफ्नो धर्म ठाने । तर कम्तीमा अहिलेको पुस्ताले विभेदको विरुद्धमा आवाज उठाउनु पर्छ भन्ने चेतना पाएको छ । दलित समुदायको चेतानस्तर पनि फराकिलो भएको छ । जुन कुरा सामाजिक संस्थाहरुबाट सम्भव भएको हो । 

अन्तमा चलचित्रका केही कम्जोरी पक्षहरु हुँदाहुदै पनि यसले दिने सन्देशमा ओज पाइन्छ । चलचित्रको कथावस्तुले हामी बाचेको अहिले समाज भित्रको सबै किसिमका अमानवीय पाटाहरुलाई छुने प्रयत्न सकरात्मक पक्ष हो । घरमा गोठमा स्कुलमा बाटामा बनमा मेलामा यत्रतत्र सर्वत्र दलित समुदायले भोगिरहेका जातिय विभेदको जरालाई उखेल्ने एक पक्ष एक विचार एक कलम एक क्रान्ति एक वहसले मात्र सम्भव नभइ समुहिक इफोर्टको आवश्यकता अहिले खड्किदैछ । र दलितदलित भित्रको इन्टरडिसक्रीमिनेसनको अभ्यासलाई आफैभित्रबाट पखाल्ने हिम्मत पनि गर्न सक्नुपर्ने चलचित्र वसन्तको सन्देश हो ।