काठमाडौं - पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले भारतीय विमान खसालेर पाकिस्तानले जवाफ दिएको बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले यो पाकिस्तानको तर्फबाट भारतलाई जवाफ भएको बताएका छन् ।
पाकिस्तान र काश्मिरमा भएको हवाई आक्रमण र नियन्त्रण रेखामा भएको गोलीबारीमा ३१ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
यसैबीच भारतीय सेनाले पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
गत महिना पहलगाममा भारतीय पर्यटकमाथि भएको घातक आतङ्ककारी आक्रमणको प्रतिक्रियास्वरूप बुधबार रातभर क्षेप्यास्त्र आक्रमण गरिएको भारतले बताएको छ ।
काश्मिरमा दशकौंदेखि चलेको विद्रोहले हजारौंको ज्यान लिइसकेको छ । भारत र पाकिस्तान दुवैले कश्मीरमा पूर्ण दाबी गर्दै आएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट नियालिरहेको बताएको छ ।
प्रवक्ताले अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा रहेको र दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम गर्ने जिम्मेवार समाधानको दिशामा काम गर्न देशहरूलाई आग्रह गरिरहेको बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ दोहोर्याउँदै यो भिडन्त चाँडै अन्त्य हुने र शान्तिपूर्ण समाधानका लागि काम गर्ने विश्वास व्यक्त गरेका थिए ।
यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारत र पकिस्तानलाई संन्य संयमित हुन आग्रह गरेका छन् ।
0 comment