नेपाल प्रहरी अस्पतालको बारेमा सर्वसाधारणलाई त्यति जानकारी छैन । यस अस्पतालले अन्य सरकारी अस्पतालसरह सेवा प्रदान गरेको छ । अस्पतालको नामको कारणले गर्दा प्रहरीहरुको मात्र अस्पताल हो की भन्ने सर्वसाधरणको बुझाई छ । तर त्यो होईन, प्रहरी, प्रहरीका परिवार लगायत सर्वसाधारणलाई पनि नेपाल प्रहरी अस्पतालले सेवा दिँदै आएको छ । यस सम्बन्धमा अस्पतालको स्थापनाकाल देखि आजसम्मको विवरण तल प्रस्तुत गरेको छु । 

पृष्ठभूमि

नेपाल प्रहरी अस्पताल अत्यन्त अप्ठेरामा परेका रोगी बिरामीहरुका उपचारार्थ एक सेवा मूलक सामुदायिक संस्था हो । प्रारम्भमा वि.सं. २०१८ सालमा त्रि. चन्द्र मिलिटरी अस्पतालमा प्रहरीका लागि १० शैया दिइएको थियो । वि.सं. २०२६ सालमा १० वटा बढाएर १८ शैया उपलब्ध गराईएको थियो । वि.सं. २०२७ मा प्रहरी प्रधान कार्यालयमा फोरेन्सिक प्रयोगशालाको स्थापना गरी १ जना चिकित्सकसहित ११ जना सहायक स्वास्थ्यकर्मीको दरवन्दी दिइयो । वि.सं. २०४० साल चैत्र २७ गते बिरेन्द्र प्रहरी अस्पतालको स्थापना भयो । प्रारम्भमा ५ शैया, ५ चिकित्सक र २५ जना कर्मचारीसहित शुरु गरिएको अस्पताल हाल ३०० शैया स्वीकृत भई संचालन भइरहेको अवस्था छ । समुहगत प्रहरी अस्पतालको दरवन्दी कर्मचारीहरुको संख्या ५६८ भएको छ ।

नेपाल प्रहरी अस्पतालबाट उपलब्ध हुने सेवाहरुः–

क) आकष्मिक उपचार सेवाः- 

कुनै पनि प्रकारका दुर्घटना भई घाईते भएका विरामी वा अन्य रोगबाट विरामी भई तत्काल उपचार सेवा उपलब्ध गराउनु पर्ने विरामीको लागि अस्पतालको इमर्जेन्सी कक्षबाट दिइने उपचार ।

ख) अन्तरङ्ग सेवा:- 

वार्ड, पोष्टअप, आई. सि. यू.

ग) वहिरङ्ग सेवा (ओ.पि.डी.):- 

नेपाल प्रहरी अस्पतालका चिकित्सकहरुबाट संचालित ओ.पि.डी. सेवाहरुः- 

मेडिकल ओ. पि. डी., सर्जिकल ओ. पि. डी., हाडजोर्नी ओ. पि. डि., वालरोग ओ. पि. डी., आँखारोग ओ. पि. डी., नाक, कान, घाँटी ओ. पि. डी., मानसिक ओ. पि. डी., स्त्री तथा प्रसुति ओ. पि. डी., दन्त रोग ओ. पि. डी., चर्म रोग ओ. पि. डी., नेफ्रो ओ. पि. डी., डाईवेटिज ओ. पि. डी., 

अन्यन्त्रबाट Visting Consultant को रुपमा चिकित्सकहरु ल्याई संचालित ओ. पि. डी. सेवाहरु:-

न्यूरो ओ. पि. डी., मुटुरोग ओ. पि. डी., इण्डोक्राईमोलोजी ओ. पि. डी.

घ) अन्य सेवातर्फ

नेपाल अस्पतालका चिकित्सक/पारामेडिक्स अन्य कर्मचारीहरुबाट संचालित सेवाहरुः-

फार्मेसी बिभाग, एनेस्थेसियोलोजी, शल्यक्रिया, इ. इ. जि, ई. सि. जी/हल्टर/टि. एम. टी., DOTS, खोप, फिजियोथेरापी, एम्बुलेन्स सेवा, Audiometric Ad Speech Therapy, शव वाहन, Pathology, Blood Bank, P.C.R. Lab, रेडियोलोजि, विभाग ( एक्सरे, अट्रासाउण्ड, सि.टी. र एम. आर. आई.) स्वास्थ्य परिक्षण, भर्ना छनौट, तालिम र मिशनको लागि अन्य सेवा तर्फ – Echocardiogram, Endoscopy, Colonoscopy यस आर्थिक वर्ष वि.सं. २०७६/२०७७ मा अस्पतालबाट उपचार सेवा लिन आएका विरामीहरुको दर्ता संख्या, ओ. पि. डी. सेवा लिने विरामीहरुको संख्या, इमर्जेन्सी विभागमा आएका विरामी विवरणमा दिन प्रतिदिन वढौती देखिएको छ ।

स्वास्थ्य तर्फका प्राविधिक प्रहरी कर्मचारीहरुको वृत्ती विकासका लागि – अध्ययन, तालिमहरु संचालन गरिएका र COVID-19 को कारण स्थगित तालिमहरु पनि संचालन गरिएका छन् । हाल नेपाल प्रहरी अस्पतालमा कार्यरत जनशक्तीको दर्जागत विवरण ६१३ जना रहेका छन् ।

“नेपाल प्रहरी अस्पतालमा स्त्री तथा प्रसुती सेवा”

डा. आशा सिंहको माग अनुरुप नेपाल प्रहरी अस्पतालमा स्त्री तथा प्रसुति सेवाको सुरुवात २०५६/१२/२७ गते तत्कालिन प्रहरी श्रीमति संघ कि अध्यक्ष स्व. श्रीमति मीना खरेलको अगुवाइमा भएको थियो ।

अस्पतालमा स्त्री रोग सम्बन्धि सम्पूर्ण उपचारको सुविधा रहेको छ । विगतमा प्रसुती सेवाको लागि श्री ५ ईन्द्र राज्य लक्ष्मी देवी शाह परोपकार थापाथली त्रिपुरेश्वर प्रसुति गृहमा जानु पर्दथ्यो । हाल प्रहरीका आफन्त, भू.पू. का परिवार तथा अन्य सर्वसाधारणका प्रसूति केसहरु लिएर नेपाल प्रहरी अस्पतालले उपचार गर्ने गराउने गरेको छ । 

नेपाल प्रहरी अस्पतालले अप्रेशन– (सिजेरियन) द्वारा प्रसुति सेवाको सुरुवात २०६५ सालमा शुरु गरेतापनि सामान्य प्रसुति सेवाको सुरुवात २०७३ साल चैत्र २७ गतेबाट प्रहरी श्रीमति संघकि अध्यक्ष श्रीमति रोशी अर्याल ज्यूबाट भएको हो । हाल नेपाल प्रहरी अस्पतालमा स्त्री तथा प्रसुति रोग सम्बन्धित सम्पूर्ण सेवाहरु उपल्बध रहेका छन् ।

अन्तमा के भन्न चाहन्छु भने डा. आशा सिंहको हृदम्य धैर्यताको नेपाल प्रहरी अस्पतालको चौतर्फि विकास कार्यमा ठूलो भूमिका रहेको पाईन्छ । अधिराज्यभर नभएका उपकरणहरुका साथै अस्पतालमा विभिन्न रोगै पिच्छेका दक्ष, योग्य, अनुभवि विशेषज्ञ डाक्टरहरु सहभागी हुनुहुन्छ । यो अस्पतालले नेपाल प्रहरी, उनीहरुका बालबच्चा, भू.पू. प्रहरी, उनीहरुका बालबच्चा मात्र नभएर सम्पूर्ण आम नागरिकहरुलाई पनि सेवा पुर्‍याउँदै आएको छ । यसकारण सम्पूर्ण आम नागरिकहरुको स्वास्थ्यको सीघ्रताको कामना गर्दछु ।

लेखक– विष्णु गिरी
भूतपूर्व सहायक प्रधानाध्यापिका, महेन्द्र भवन माध्यामिक विद्यालय, सानोगौचरण
पूर्व सहायक निर्देशक, एस.ओ.एस वालग्राम, कोटेश्वर
पूर्व उपाध्यक्ष, विधार्थी संघठन, म.भ.मा. विद्यालय, सानोगौचरण