काठमाडौं - रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार रहेको बताएका छन् ।

तर विदेशमन्त्री लाभरोभले केही तत्वहरूको उचित रूपमा समायोजन गर्न आवश्यक रहेको  स्पष्ट पारेका हुन् । 

उनले बीबीसीको अमेरिका सम्बद्ध सीबीएसलाई भने,‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपति र म पनि  विश्वास गर्छु कि हामी सही दिशामा अघि बढिरहेका छौँ ।’  

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफका अनुसार ट्रम्पले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर वार्ता गर्न सक्ने छन् ।   

युक्रेनको किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको शान्ति सम्झौता गर्न आफ्नो देशले  भूभाग त्याग्नुपर्ने सुझाव दिएका छन् ।