काठमाडौं - भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश आज स्वदेश फर्केका छन् ।  नेपालको चार दिने भ्रमणमा आएका उनी अपराह्न स्वदेश फर्केका हुन् । उनलाई त्रिभुवन बिमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले विदाइ गरे ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका थिए । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए भने मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यस्तै नेपाली सेनाद्वारा आयोजित विभिन्न कार्यक्रममा समेत उनी सहभागी भएका थिए। यस भ्रमणले दुईदेशबीच रहदै आएको  सैनिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत पुगेको नेपाली सेनाले जनाएको छ ।