काठमाडौँ —समाज परिवर्तनको लागि नागरिक समाज भन्ने मुलनाराकासाथ १८ वर्षअघि स्थापित समाजले  विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको छ । राजधानीको रास्ट्रिय नाचघर जमलमा भएको छ । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको अध्यक्षता यम कुमार जीसीले गर्नुभएको थियो । कार्यक्रम संचालन महासचिब बिष्णु गिरीले गर्नु भएको थियो । नागरिक क्रियसन र समाज रुपान्तरणका लागि नागरिक समाजले विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका माध्यमबाट समाज परिवर्तनमा विशेष योगदान पु¥याइरहेका व्यक्तिहरू सम्मानित भएका हुन् । पत्रकारको तर्फबाट युवा पत्रकार रामचन्द्र खड्कालाई सम्मान गरेको थियो । खड्का २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । कार्यक्रमको संयोजक नागरिक समाजका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गर्नु भयको थियो भने सम्मान र क्यालेन्डर  बिमोचन पश्चात बद्री पराजुलीको संगतिक साझ  कार्यक्रम सम्पन्न भएको थियो ।