यो मुलुकमा भ्रष्ट्रचार कती हुन्छ । भ्रष्ट्रचार निर्मुल गर्ने बोलीमा भाषणमा र व्यवहारमा कति फरक छ भन्ने कुरा वर्तमानमा बाहिर आइरहेका नेता केन्द्रित काण्डहरुले छर्लङ्ग पारिरहेका छन् । जति पटक प्रधानमन्त्री भएपनि जुन दलका नेता प्रधानमन्त्री भएपनि एक अर्काको कर्तुत लुकाउन तल्लिन भएको जिवित अभ्यास हो । आम नागरिकले एउटा प्रश्न सोधिरहेका छन अहिले समाननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु पूर्व प्रधानमन्त्रीद्वय शेर बहादुर देउवा , पुष्पकमल दाहाल प्रचण्डज्युलाई भर्खरै बाहिर आएको १५ अर्ब भ्रष्टाचार बारे यहाँहरुको धारणा के हो ? समाजावद सुशासन र समृद्धिका उखान भनेर भाषण गरेर जनता हसाएर हिडिरहेकाहरुको मनमा भुँइ मान्छेका दुखले हिजो पनि पोलेको थिएन र आज पनि पोलेको छैन । हुन त अहिलेका नेताहरुलाई गाली गर्यो भने बहुला भन्ने गर्छन । तर वास्तविकता यही हो की जनतालाई आखामा छारे हाले झै गरेर मुलुकलाई लुटिरहने अनि समृद्धिका सपना देखाइरहने तर काम चाही नगर्ने । समृद्धि हुने नेताको मात्र जनता र मुलुकको होइन । आज नागरिक अत्यास लाग्दो अभावमा छटपटि रहेका छन । जनता र मुलुकको विकासमा छलाङ मार्ने नेतृत्व जनताले खोजीरहेका छन । तर वर्तमान नेतृत्वले कहिलै यो मनन गर्ने प्रयत्न गरेन ।
यहीँ उल्टो गतिमा हिडेर आउने हो समाजबाद मुलुकमा ? यहि तवरले संस्थागत हुन्छ लोकतान्त्रिक गणतन्त्र मुलकमा ? मुलुकमा मच्चिरहेको भ्रष्ट्रचारका काण्डहरुमा पटकपटक प्रधानमन्त्री भइसकेका नेताहरु जनतालाई जवाफ दिनु पर्दछ । जनतालाई भ्रष्टाचार काण्डको बारेमा जनतालाई न्यायिक जबाफ दिनुपर्ने दायित्व बोध कहिले गर्ने ? यो प्रकृतिको भ्रष्टाचार सायद राणा र पंन्चायतको सत्तामा पनि भएको थिएन । एउटा योजनामा यति भ्रष्टाचार हुन्छ भने अरु कैयौं योजना यस्तै छ खर्बौ खर्ब भ्रष्टाचारले मुलुक खोक्रो भइसकेको छ । पटक पटक प्रधानमन्त्री भइसकेकाहरुलाई आम नागरिकको प्रश्न छ की यही अवस्थाले मुलुक कहिले समृद्ध बन्छ ? के आधारमा बिश्वास गरौ कि हाम्रा नेतासँग राष्ट्र निर्माणको योजना गतिलो छ भनेर ? नेपाली जनताको बलिदान त्याग को उपहार यही हो, राष्ट्र निर्माण स्वतन्त्रता निम्तिको आव्हान यसैको निम्ति हो ? लाखौं जनताले कुर्बानी दिएर नेतालाई नायक बनाए । तर नेताहरुले यो कुरा भुलेर आफ्नै र आफ्ना आसेपासेको समृद्धिमा केन्द्रित भइरहनु निकै दुखद पक्ष भएको छ । लोकतान्त्रिक गणतन्त्र मार्फत समाजबादी यात्रा हुने बाटो यहि हो ?बिपि, पुष्पलाल , मदन ,माक्र्स लेलिन माओ यहि सिकाएको पक्कै पनि यो होइन । जनता र मुलुकको समृद्धि र विकासका लागि अब जनताले विकल्पसहितको उपाय नखोज्ने हो यो मुलुककै नरहने पक्का छ । अन्दाधुन्ध हल्लाको पछि लागेर भीडतन्त्रमा रमाउनु भन्दा पनि मुलुकको महार फेर्ने इच्छा भएको नयाँ हिटलरको खोजी नेपालमा गर्नुपर्ने अहिलेको समयको माग हो । नेपालमा नयाँ हिटलरको जन्म नभएसम्म मुलुक र जनताको अवस्था यो भन्दा तलतिर जाने निश्चित छ र अहिले सत्ताको तर मारिरहेकाहरुले यसरी पुस्तौपुस्ता तर मारिरहने कुरामा कुनै दुविधा देखिदैन । सत्ता र दलमा केन्द्रित अभ्यासले न मुलुकको समृद्धि हुन्छ न जनताको जिवनस्तर माथी हुन्छ न दलप्रतिको धाराणामा विश्वास बढछ । त्यसैले आम नागरिकले समयमै मुलुकलाई यो दलदलबाट माथी उकास्न योजना बनाउनु पर्ने आवश्यक छ ।



0 comment