अरिङ्गालको भूमरीबाट रास्वपालाई कसरी मुक्त गर्ने ? यी सवालमा छलफल र वहस गर्नुपर्ने कुरामा ध्यान दिने की नदिने ? हामीले राजनीति अरिङ्गालहरूले भने अनुसार गर्न छोड्नु पर्छ की पर्दैन ? यी अरिङ्गाललाई जनता बनाउनु हाम्रो काम हो । नेपालमा भिडको आधारमा धेरै राजनीति भयो । त्यही भिडले एयरपोर्ट चाहियो भन्यो, तर बनेका एयरपोर्टहरू आज चलाउन सकिएको छैन । त्यही भिडले कहिले के मागिरहेको छ, कहिले के । देशको दीर्घकालीन आवश्यकता अनुसार निर्णय गर्नु राजनीतिकर्मीको धर्म हो । छोटो र साघुरो दृष्टिले देशको नीति बनाउनु घातक छ, जुन हामीले भोगिसकेका छौँ । भिडको आधारमा राजनीति गर्नु हुँदैन ।
सामाजिक सञ्जाल सजिलैसँग प्रभावित हुन थालिसकेको छ । कुनै निश्चित शक्तिले प्रयास गर्ने हो भने, सामाजिक सञ्जाल सजिलैसँग डो¥याउन सक्छ । समाज मनोवैज्ञानिक रूपले कमजोर भइसकेको छ । राजनीतिकर्मी यसबाट जोगिनुपर्छ। समाजलाई कुन दिशा दिने, त्यो निर्णय राजनीतिकर्मीले गर्ने हो, भिडतन्त्रको आधारमा होइन। सामाजिक सञ्जालको आधारमा राजनीति गर्ने समय गएको छ । नै समय हामीले चलायौँ, जित्यौँ । तर त्यसपछि सबैले बुझे कि यो के रहेछ । त्यसपछि अरू शक्ति पनि आए । एकपछि अर्को शक्तिले सामाजिक सञ्जाल कब्जा गरिरहेको छ । आज सामाजिक सञ्जाल नियन्त्रणमा छ वा छैन, मनन गर्नु पर्ने समय भएको छ ।
सामाजिक सञ्जालका आधारमा राजनीति ग¥यौँ भने हामी सजिलैसँग देशी विदेशी तत्वको नियन्त्रणमा थाहै नपाई पुग्छौँ । आज सञ्जालमा सबैभन्दा बढी विज्ञापन के आउँछ, कस्ता–कस्ता पेज र सामग्रीहरू योजनाबद्ध रूपमा सिर्जना हुन थालेका छन्, यो सबैको विश्लेषण गर्नुपर्छ । त्यसैले, भिडको राजनीति गर्नु हुँदैन । भिडतन्त्र प्रतिको विश्वास हट्नुपर्छ । याद गरौँ, जनताको चेतना अनुसार होइन, जनताको चेतनास्तर बढाउने राजनीतिकर्मीको पनि काम हो ।
सामाजिक सञ्जालको लाइक र कमेन्टको आधारमा गरिने राजनीति छोडिनुपर्छ कि पर्दैन? भिडको आधारमा गरिने राजनीति त भेँडाको राजनीति जस्तै हो ।
यी अरिङ्गालहरूलाई कुनै बेला मैले प्रयोग गरेको थिए । आजकाल म विरूद्ध प्रयोग भएका छन् । राजनीति गरेको छोटो समयमा नै, अरिङ्गाल प्रयोग गर्ने रणनीति लिएर पाप गरेको रहेछु , त्यहि पाप यिनिहरुको गालीले पखालिँदै छ । कर्मको फल हो, भोग्न त मैले पनि पर्छ अवश्य ।
भाग्यलाई विश्वास गर्ने हो भने, यी अरिङ्गालले जस–जसलाई गाली गरेका रहेछन्, ती व्यक्ति यो देशको प्रधानमन्त्री हुने रहेछन् । वैज्ञानिक दृष्टिकोणमा चै, सामाजिक सञ्जालको अल्गोरिदममा यिनरूले गरेको गालीको कारण, नाम सेट हुन्छ । यति गर्न लाखौँ खर्च गर्न पर्ने हुन्छ, जुन फ्रिमा भइरहेको छ ।



0 comment