काठमाडौं - पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार उज्वेकिस्तानको तास्कन्द प्रस्थान गरेको छ ।

अप्रिल १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको नाम टिटुके रहेको छ ।

प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ई-स्पोर्ट्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।